प्रतिवेदनअनुसार, विदेशमा बस्ने अधिकांश नेपालीले विद्युतीय र दूतावास–आधारित मतदानप्रति रुचि देखाएका छन्।
काठमाडौँ– विदेशबाट मतदानसम्बन्धी अधिकारबारे तयार पारिएको सर्वेक्षण अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। अन्तरराष्ट्रिय आप्रवासी दिवसको सन्दर्भ पारेर प्रतिवेदन सार्वजनिक गरिएको हो।
श्रमिक सञ्जाल तथा सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्चको संयुक्त समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। प्रतिवेदनले नेपालमा हुने चुनावमा विदेशमा रहेका नेपालीको गम्भीर चासोलाई प्रकट गरेको छ। सो अवसरमा वैदेशिक रोजगारमा रहनुभएका नेपाली श्रमिकका सिर्जना संकलित पुस्तक ‘पुरानो पन्ना’को विमोचन गरिएको थियो।
पुस्तकमा नेपाली आप्रवासी श्रमिकका १०८ कविता, गजल र मुक्तक समेटिएका छन्। विप्रेषणमार्फत नेपाली अर्थतन्त्र धानिरहेका आप्रवासी श्रमिक आफ्नो संवैधानिक अधिकारबाट वञ्चित छन् र त्यस्तो अवस्थालाई उनीहरूले कसरी लिन्छन् भन्नेबारे यो अध्ययन प्रतिवेदनले तथ्यांक तथा प्रमाणमा आधारित रहेर नेपाली आप्रवासी श्रमिकको दृष्टिकोण प्रस्तुत गरेको छ।
विप्रेषणमार्फत नेपाली अर्थतन्त्रलाई ठूलो योगदान पुर्याइरहेका आप्रवासी श्रमिक हाल आफ्नो संवैधानिक हक मतदानको अधिकारबाट वञ्चित रहेको अवस्थालाई उनीहरूले कसरी अनुभूति गरेका छन् भन्ने विषय प्रतिवेदनमा समेटिएको छ। नेपालमा हुने निर्वाचन प्रक्रियामा विदेशमा रहेका नेपालीको गहिरो चासो र सहभागिताको आवश्यकताबारे प्रतिवेदनले स्पष्ट रूपमा उजागर गरेको छ।
पुस्तक श्रमिक सञ्जालको एकल प्रयास हो भने अध्ययन प्रतिवेदन सञ्जालसँगै सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्चले संयुक्त रूपमा तयार पारेको हो। विदेशबाट गर्ने मतदानबारे पहिलेदेखि नै चर्चा भए पनि यसको कार्यान्वयनमा सरकार जिम्मेवार नदेखिएको सन्दर्भमा प्रतिवेदनले औँल्याएका उपाय र गरेको संकेतको धेरै अर्थ छ।
विदेशमा बस्नेहरूको निर्वाचन सहभागितामा अत्यधिक रुचि देखिन्छ। प्रतिवेदनअनुसार अधिकांशले विद्युतीय र दूतावास–आधारित मतदानप्रति रुचि देखाएका छन्। संवैधानिक र न्यायिक व्यवस्थामा विदेशबाट नेपाली आप्रवासी श्रमिकले मतदान गर्न पाउनेबारे धेरै पहिलादेखि वाचा गरिएको छ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मत हाल्न पाउने अधिकार नेपाली आप्रवासीको नैसर्गिक अधिकार रहेको र मानव अधिकारको वकालत गर्ने निकायका नाताले सो विषयलाई आफूहरूले सधैँ समर्थन गर्ने बताए।
श्रम आप्रवासन विज्ञ डा. मीना पौडेलले विदेशमा बसेर देशलाई योगदान गरिरहेका नेपालीले चुनावमा मत हाल्न पाउनुपर्ने बताइन्। नेपालका अधिकांश श्रमिक रहरले भन्दा बाध्यताले विदेशमा रहेका कारण मत हाल्न नपाउने अवस्था अन्यायपूर्ण हुने उनको भनाइ थियो।
“साहित्यमार्फत आप्रवासनमा रहेका नेपालीले प्रेम र भावनाका कुरासँग विद्रोहसमेत बोलेका छन्। त्यो पक्ष मन पर्यो,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
