काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली दृष्टिविहीन टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली दृष्टिविहीन टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ। शुक्रबार महानगर प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले टोलीका खेलाडीलाई एक लाख र अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय गरेको हो।
बैठकले सामाजिक र शैक्षिक सुधारका लागि विभिन्न निर्णयहरूसमेत गरेको छ। जसमा निःशुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयहरूलाई बजेट निकासा दिने र विद्यालय हाताको सौन्दर्य बढाउन अनुदान प्रदान गरिनेछ। यस्तै, नेपाल भाषाको पाठ्यक्रम स्वीकृत गर्नुका साथै पाठ्यपुस्तक संशोधन गर्ने निर्णय भएको छ। १५ देखि २५ प्रतिशतसम्म 'भेरिएसन' भएका पूर्वाधार योजनाहरूलाई पनि बैठकले अनुमोदन गरेको छ।
महानगरले नगरसभाको १८औँ अधिवेशन आगामी पुस ११ गतेका लागि आह्वान गरेको छ। शुक्रबारको बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो।
बैठकमा प्रशासन, पूर्वाधार, वातावरण, सूचना प्रविधि, स्वास्थ्य र शिक्षा लगायतका विभिन्न क्षेत्रका ३० वटा प्रस्ताव र विविध दुई विषयमाथि छलफल भयो। यसै क्रममा 'श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर व्यवस्थापन समिति कार्यविधि २०८२' र 'बाल कोष परिचालन मापदण्ड २०८२' स्वीकृत गरिएको छ।
सहकारी ऐन २०७४ को संशोधन र सूचना प्रविधि कार्यविधि तर्जुमाका लागि बैठकले सैद्धान्तिक सहमति दिएको छ। साथै, महानगर प्रहरी ऐन संशोधन र महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने विषयमा समेत गहन छलफल भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
