सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ।
नेप्से परिसूचक ५.५४ अंकले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको हो। यस दिन ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.१०, उत्पादन तथा प्रशोधन १.०२, र म्युचुअल फन्ड ०.११ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ ०.२५, वित्त ०.५३, जलविद्युत् ०.११, लगानी ०.४२, जीवन बिमा ०.१८, लघुवित्त ०.६६, निर्जीवन बिमा ०.१४, व्यापार १.१६ र अन्य समूह ०.२९ प्रतिशतले घटेको छ।
एसवाई प्यानल नेपाल र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.२४ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
