तराईका अधिकांश स्थानमा हुस्सु

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका थोरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। 

यसैगरी, राति पनि तराईका केही स्थानमा हुस्सु रहनेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानको मौसम सफा रहने विभागले जनाएको छ।