दुई करोड २४ लाखका भेप बरामद

यसअघि गत वर्ष पनि ६ करोड ८१ लाख रुपैयाँ बराबरका भेप बरामद भएका थिए।

मुस्ताङ– कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको  कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—५का पेमा लामालाई नियन्त्रणमा लिइएको छ। 

यसअघि गत वर्ष पनि ६ करोड ८१ लाख रुपैयाँ बराबरका भेप बरामद भएका थिए।