त्रिवि शिक्षण अस्पतालले दैनिक खर्च आन्तरिक स्रोतबाटै व्यहोर्नुपर्ने र बीमा कार्यक्रमबाट मासिक दुई करोड रुपैयाँ घाटा हुने भएपछि सेवा बन्द गर्नुपरेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए।
काठमाडौँ– महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। त्रिविले आगामी माघ १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो।
विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागू हुने गरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। उनले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा सञ्चालन गर्न नसकिएको बताए।
आन्तरिक स्रोतबाट अस्पतालले सबै किसिमका दैनिक खर्च व्यहोर्नुपर्ने हुँदा मासिक दुई करोड रुपैयाँ नोक्सान हुने भएपछि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसकिएको सूचना अधिकारी रोस्याराको भनाइ छ।
“स्वास्थ्य बिमाबाट उपचारमा आउने बिरामी संख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएको छ। यसबाट मासिक पाँच करोड रुपैयाँ हाराहारीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ। हालसम्म अस्पतालको बीमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी छ,” अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
अस्पतालमा आउने बिरामीको उपचार क्रममा बिमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको बताउँदै सूचना अधिकारी रोस्याराले अस्पताल प्रशासनले बारम्बार ‘अस्पतालको रकमलाई अन्तिम मानिदिनु’ भनी दुई वर्षदेखि गरेको आग्रहको कुनै सुनवाइ नभएको उल्लेख गरे।
नसर्ने रोग रोकथाम गर्न प्राथमिकता दिनुपर्छ: स्वास्थ्यमन्त्री डा गौतम
यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतमले नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एशिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै उनले अस्वस्थ जीवनशैली, खानपिनलगायत कारणले पछिल्लो समय नसर्ने रोगीको संख्या बढ्दै गएकाले यसको उपचार लागतले सरकारमाथि ठूलो आर्थिक भार पारिरहेको बताइन्।
“सरकारको खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगको उपचारमा खर्च गर्दै आएको देखिन्छ । धेरैजसो खर्च रोकथामको सट्टा उपचारमा निर्देशित छ”, उनले भनिन्, “नसर्ने रोगको उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ। क्यान्सर र मुटु जस्ता रोगको उपचारमा वार्षिक अर्बौँ रुपैयाँ खर्च गरिन्छ। जबकि, रोकथाम कार्यक्रम कमजोर रूपमा सञ्चालन भएका छन्।”
मन्त्री डा गौतमले नसर्ने रोग रोकथाम गर्न जीनवशैली र खानपिनमा जोड दिनुपर्ने बताउँदै यसबाट दीर्घकालीन लागतलाई उल्लेखनीय रूपमा घटाउन र जनस्वास्थ्य परिणाम सुधार गर्न सकिने धारणा राखिन्। उनले शहरी क्षेत्रमा तुलनात्मक रूपमा छिटो उपचार सेवा उपलब्ध भए पनि ग्रामीण र गरिब नागरिक उपचारबाट वञ्चित भइरहेका बताइन्।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका अनुमान गरिएको छ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मानसिक स्वास्थ्य नदेखिने महामारीका रूपमा देखा परेको बताइन्। उनले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यान जस्ता रोकथामका उपायलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पुर्याइरहेको जानकारी दिइन्।
डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक डा मनिता प्याकुरेलले नसर्ने रोग रोकथाम गरी नागरिकलाई स्वास्थ्यसुरक्षा प्रदान गर्न सरकारले प्रभावकारी संयन्त्र बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नसर्ने रोग (एनसीडी) एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको प्रभावकारी रोकथाम गर्न सचेतना आवश्यक पर्ने धारणा राखिन्। कार्यक्रममा भारत, श्रीलंका, बांग्लादेश, माल्दिभ्स, इन्डिोनेसिया, थाइल्यान्ड, म्यानमार, मलेसिया, जेनेभालगायत ११ देशका नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद्हरू सहभागी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
