AnonymousUser

Logout

गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूको भिडियो सार्वजनिक

प्यालेस्टिनी विद्रोही समूह हमासको सशस्त्र शाखाले शुक्रबार एक भिडियो सार्वजनिक गरेको छ।

१०२ वर्षीय अकुजावाले माउन्ट फुजी आरोहण गरेर बनाए विश्व कीर्तिमान

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए।

चुनाव जित्न ममदानीका अनेक उपाय

न्युयोर्क शहरको मेयर बन्ने दाैडमा रहेका ममदानीले चुनाव जित्न अनेक रणनीति अपनाएका छन्। कहिले उनी कोट पाइन्ट लगाएरै समुद्रमा कुद्छन् भने कहिले विभिन्न भाषा बोलेर विभिन्न समुदायलाई रिझाउँछन्।

अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै

असमानता, गरिबी र विविध ढंगका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो।

अफगानिस्तान भूकम्प: मृत्यु हुनेको संख्या १ हजार ४०० पुग्यो

भूकम्पका कारण तीन हजार ५०० भन्दा बढी मानिस घाइते भएका छन्। करिब पाँच हजार ४०० घर ध्वस्त भएको अधिकारीहरूले जनाएका छन्।

विजय दिवस परेडमा पुटिन र किम सहभागी, ट्रम्पद्वारा सीमाथि अमेरिकाविरुद्ध षड्यन्त्रको आरोप

ट्रम्पले चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले पनि ज्यान दिएको स्मरण गराउँदै उनीहरूको बहादुरी र बलिदानलाई उचित सम्मान र सम्झना गरिनुपर्ने बताएका छन्।

पाकिस्तानको एक र्‍यालीमा आत्मघाती विस्फोट, १३ जनाको मृत्यु

राष्ट्रवादी नेता तथा पूर्वप्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेंगलको पुण्यतिथिको अवसरमा र्‍याली आयोजना गरिएको थियो।

अस्ट्रेलियाको प्रविधि नीतिमा परिवर्तन, दुर्व्यवहार रोक्न कडा कदम

त्यहाँको सरकारले प्रविधिको सकारात्मक पक्षलाई संरक्षण गर्दै, नकारात्मक र हानिकारक प्रयोगलाई नियन्त्रणमा ल्याउने लक्ष्यका साथ यो पहल अघि बढाएको स्पष्ट गरेको छ।

सुडानमा भूस्खलनबारे राष्ट्रसंघले भन्यो– कम्तीमा ३७० जनाको मृत्यु

सशस्त्र द्वन्द्वबाट विस्थापित भएका सुडानी नागरिक बसोबास गरिरहेको क्षेत्रमै पहिरो गएको हो। यसअघि सशस्त्र समूह एसएलएमले कम्तीमा एक हजार जनाको मृत्यु भएको बताएको थियो।

अफगानिस्तान भूकम्प: ६०० जनाभन्दा बढीको मृत्यु

तालिबान अधिकारी र संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन्। टोलीले आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्‍याइरहेका छन्।

अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प

नान्गरहार प्रान्तको जलालाबाद शहरबाट २७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

हमासद्वारा गाजाका नेता मोहम्मद सिनवारको मृत्यु पुष्टि

प्यालेस्टिनी इस्लामवादी समूहले शनिबार जारी गरेका तस्वीरहरूमा उनलाई ‘सैन्य परिषद्का शहीद’ भनेर देखाएको छ।

सी चिनफिङले मोदीलाई भने– ड्र्यागन र हात्ती एकजुट हुनुपर्छ

संसार जटिल र अस्थिर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र भारत दुवैका लागि दुई प्राचीन सभ्यता तथा सबैभन्दा बढी जनसंख्या भएका मुलुक एकजुट हुनु आवश्यक रहेको बताए।

फ्रान्सले दियो प्यालेस्टिनी राज्यलाई मान्यता, इजरायल–अमेरिका असन्तुष्ट

इजरायली तथ्यांकअनुसार हमाससँगको युद्धमा हालसम्म ६३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या

आक्रमणकारीको खोजी भइरहेको र हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

भागदाैडमा ज्यान गुमाउनेहरूका परिवारलाई आरसीबीले दियो २५ लाख रुपैयाँ‍

आरसीबीले गत जुनमा आईपीएलको उपाधि जितेपछि विजय जुलुसमा भएको भागदौडमा ज्यान गुमाउनेहरूका परिवारलाई प्रतिव्यक्ति २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

अमेरिकी अदालतले भन्यो– भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानूनी

ट्रम्पले आपत्कालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको अदालतले स्पष्ट पारेको हो।

थाई अदालतद्वारा प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

कम्बोडियाका सिनेट अध्यक्षसँगको फोन कल 'लिक' नैतिकता र संवैधानिक नियम उल्लंघन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ।

बन्दुकधारीको आक्रमणबाट अमेरिकामा २ बालबालिकाको मृत्यु, हतियारमा 'भारतमा आणविक हमला'को सन्देश

यस घटनामा संलग्न आक्रमणकारीहरूले आफ्ना हतियारमा भारतमा आणविक हमला गर, ट्रम्पलाई मार, इजरायललाई खतम गर जस्ता नारा लेख्ने गरेको पाइएको छ।

अस्ट्रेलियामा १२ महिनायताकै उच्च मूल्यवृद्धि

अर्थशास्त्रीहरूले करिब २.३ प्रतिशत मात्रै वृद्धि हुने अनुमान गरेका थिए तर वास्तविक वृद्धि २.८ प्रतिशत पुगेको छ।