AnonymousUser

Logout

लद्दाखमा प्रदर्शनकारीले भाजपाको कार्यालयमा आगजनी गरे

सोनम वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको लागि अपील गरेका छन्। उनले यस प्रदर्शनलाई जेनजी क्रान्ति पनि भनेका छन्।

ताइवानमा आँधीका कारण ताल फुट्दा १४ को मृत्यु

चीनका दक्षिणी १० शहरमा विद्यालय र व्यवसाय बन्द गरिएका छन्। मकाउको क्यासिनो क्षेत्रमा बाढीका कारण बिजुली आपूर्ति काटिएको छ।

सुपर टाइफुन रागासा फिलिपिन्समा अवतरण, चीनमा ४ लाखलाई सार्ने तयारी

सुपर टाइफुन रागासा फिलिपिन्सको उत्तरी भेगमा अवतरण गरेपछि चीनको सेन्जेन सहरले करिब चार लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी थालेको छ।

फिलिपिन्समा ‘बाढी नियन्त्रण’ भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन

फिलिपिन्सको झण्डा बोकेका प्रदर्शनकारीहरूले 'अब अति भयो, तिनीहरूलाई जेलमा हाल' भन्ने नारासहितका ब्यानर लिएर अनियमिततामा संलग्नहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

बेलायत र पोर्चुगलले प्यालेस्टिनी राज्यलाई मान्यता दिने, इजरायलको आपत्ति

इजरायलले गाजामा बमबारी जारी राखेको छ। लामो समयदेखि इजरायलको सहयोगी रहँदै आएका राष्ट्रहरू यही कारण आफ्नो नीतिमा परिवर्तन गर्न थालेका छन्।

इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि हमासले जारी गर्‍यो ४८ बन्धकको तस्वीर

हमासले इजरायलको लगातारको स्थल र हवाई आक्रमणले गाजामा रहेका बन्धकहरूको सुरक्षामा खतरा बढेको बताएको छ।

युरोपेली विमानस्थलहरूमा 'साइबर अवरोध'

ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायत युरोपका प्रमुख विमानस्थलहरूमा शनिबार ‘साइबर-सम्बन्धित अवरोध’ देखिएको छ।

गाजामा इजरायली आक्रमण जारी, महिला र बालबालिका संकटमा

विस्थापित परिवारलाई आपत्कालीन आश्रय, पोषणयुक्त खाना, सफा पिउने पानी र औषधोपचारको खाँचो देखिएको छ। गाजामा पुग्ने राहत सामग्री अहिले पनि आवश्यक मात्राभन्दा निकै कम छ।

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

भूकम्पपछि अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरले नजिकैको तटमा सुनामीको सम्भावना रहेको चेतावनी दिएको छ।

ट्रम्पले राखे भारत, पाकिस्तान, चीनसहित २३ देशलाई ‘लागुऔषध ट्रान्जिट’ सूचीमा

ट्रम्पको निर्णयमा अफगानिस्तान, बोलिभिया, म्यान्मार, कोलम्बिया र भेनेजुएलाले विगत १२ महिनामा अन्तर्राष्ट्रिय मादक पदार्थविरोधी सम्झौताअन्तर्गतका दायित्व पूरा नगरेको र आवश्यक सुधारात्मक कदम चाल्न असफल भएको उल्लेख गरिएको छ।

फ्रान्समा ट्रेड युनियनको हडताल, बजेट योजनामा चुनौती

प्रदर्शनका कारण सार्वजनिक यातायात, अस्पताल र विद्यालयलगायत धेरै क्षेत्रमा अवरोध हुने अनुमान छ।

पेरिसको म्युजियमबाट बहुमूल्य कलाकृति चोरी

केही दशकयता भएका केही कुख्यात संग्रहालय डकैतीमध्ये पेरिसको ‘मुसी डी आर्ट मोडर्न’ सन् २०१० मेमा भएको चोरी थियो।

कस्ता छन् ‘जेन–जी’ अघि र पछिका पुस्ता?

गत हप्ताको आन्दोलनअघि कमै सुनिने ‘जेन–जी’ शब्द अहिले कुराकानीको केन्द्रमा छ। धेरैले आफ्नो पुस्ताबारे पनि सोधखोज गर्न थालेका छन्। कसरी हुन्छ पुस्ताको नामकरण? कस्ता छन् अघिल्लो पुस्ताको प्रवृत्ति?

इजरायलसँग दोहोरो मापदण्ड नअपनाउन कतारका प्रधानमन्त्रीको आग्रह

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन पनि आग्रह गरेका छन्।

मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान शुरू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

रुसी हवाई आक्रमणबाट युक्रेनको प्रमुख सरकारी भवनमा क्षति

रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभस्थित मन्त्रिपरिषद् भवनको छतमा आगलागी भएको थियो।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाद्वारा राजीनामा दिने घोषणा

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदभार सम्हालेको एक वर्ष नपुग्दै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

जेलेन्स्कीले अस्वीकार गरे मस्कोमा भेट्ने पुटिनको प्रस्ताव, किएभमा आमन्त्रण

सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार ३०० भन्दा बढी ड्रोन, करिब ९०० निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको जेलेन्स्कीको भनाइ छ।

क्यानडामा अमेरिकी ट्यारिफको प्रभाव, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडामा अगस्त महिनामा बेरोजगारी दर ७.१ प्रतिशत पुगेको छ। यो सन् २०१६ को मे महिना यताकै सबैभन्दा धेरै हो।

अमेरिकासँगको सम्बन्ध ‘सकारात्मक’ रहेको मोदीको भनाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली र वासिंटनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको बताएका छन्।