एक अन्तर्वार्ताका क्रममा ओबामाले ह्वाइट हाउसबाट भइरहेका पछिल्ला अभिव्यक्तिहरूले बहुसंख्यक अमेरिकीहरूलाई चिन्तित बनाएको बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट देशका सबैजसो विद्युत्गृह क्षतिग्रस्त भएको र लाखौँ नागरिक चिसोका कारण पीडामा रहेको बताउँदै पश्चिमा मुलुकसँग थप सैन्य सहयोगको अपिल गरेका छन्।
क्यारेबियन सागरमा अमेरिकी सेनाले लागुऔषध तस्करको शंकास्पद डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भएको छ।
यसै महिनाभित्र इन्धनसहितको पूर्ण पूर्वाभ्यास सञ्चालन गर्ने तयारी रहेको र मार्च महिनालाई सम्भावित प्रक्षेपण विन्डोका रूपमा हेरिएको नासाले जनाएको छ।
अध्ययनले कर्मचारीको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षाका लागि विश्वविद्यालय स्तरमा नीतिगत तथा व्यवस्थापकीय सुधार गर्दै सुरक्षित कार्यस्थल निर्माणमा जोड दिएको छ।
खोप अभियानसँगै सरकारले जंगलभित्रै पानी र खाद्य स्रोतको व्यवस्था गर्ने, सुरक्षात्मक बार लगाउने र आवासीय क्षेत्रमा पसेका हात्तीलाई धपाउन विशेष रेन्जर्स टोली परिचालन गर्ने जस्ता उपायहरू पनि अपनाएको छ।
बीएनपीले ल्याएसँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने भएका छन्।
बांग्लादेशको खुलना सदर क्षेत्रको आलिया मदरसा मतदान केन्द्रमा दुई समूहबीच भएको झडपपछि बीएनपीका नेता कोचीको मृत्यु भएको छ।
वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।
पाँच लाख अवैध आप्रवासीलाई कानूनी मान्यता दिने स्पेनको निर्णयले सदस्य राष्ट्रबीचको आप्रवासन व्यवस्थापनमा असन्तुलन ल्याउन सक्ने भन्दै ईयूले अन्य मुलुकमा नकारात्मक प्रभाव नपार्न सचेत गराएको छ।
यो घटना कोइला खानी र डायनासोर जीवाश्महरूको खोजका लागि परिचित टम्बलर रिज प्रान्तमा भएको हो।
इरानी तेलजन्य उत्पादन आयात गरी अमेरिकी प्रतिबन्ध उल्लंघन गरेको आरोपबारे छानबिन गरिरहेको अमेरिकी अधिकारीहरूलाई अडानी इन्टरप्राइजेजले आवश्यक विवरण उपलब्ध गराएको जनाएको छ।
अमेरिकी पुनरावेदन अदालतले नेपालीसहित तीन देशका आप्रवासीको 'टीपीएस' खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय कार्यान्वयनका लागि बाटो खोलिदिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष बांग्लादेशमा ३७ प्रतिशत भन्सार शुल्क घोषणा गरेका थिए, जुन पछि अगस्टमा २० प्रतिशतमा झारिएको थियो।
जलवायु परिवर्तनका कारण बढ्दो बाढी र अत्यधिक वर्षाले घातक पशुजन्य संक्रमण ‘लेप्टोस्पाइरोसिस’को जोखिम बढाउँदै लगेको अस्ट्रेलियामा गरिएको एक अनुसन्धानले देखाएको छ।
यो जितसँगै प्रधानमन्त्री ताकाइचीले आफ्नो सरकार र नीतिहरूलाई अगाडि बढाउन बलियो जनादेश पाएकी छन्।
रुसी सैन्य गुप्तचर सेवाका उपप्रमुख भ्लादिमिर एलेक्सेयेभमाथि मस्कोमा गोली प्रहार गरी फरार भएका एक संदिग्धलाई दुबईबाट पक्राउ गरिएको छ।
यसै महिनाको अन्त्यमा हुने वर्कर्स पार्टीको सम्मेलनमा नेता किमले उत्तर कोरियाको आगामी पाँच वर्षे आन्तरिक तथा वैदेशिक नीतिको प्रमुख लक्ष्यहरू घोषणा गर्ने अपेक्षा गरिएको छ।
युक्रेन र रुसबीचको चार वर्ष लामो युद्ध आगामी जुनसम्ममा अन्त्य गराउने उद्देश्यका साथ अमेरिकाले फ्लोरिडामा वार्ताको प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता भएको छ। अब भारतले अमेरिकी खेतीपाती र कलकारखानाका सामानमा कर छुट दिनेछ भने अमेरिकाले भारतीय औषधि र कपडामा सहुलियत दिनेछ।