खार्ग टापुमा भएको अमेरिकी आक्रमणको बदला लिने चेतावनी दिएलगत्तै इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजैराह बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)को रणनीतिक रूपमा महत्त्वपूर्ण फुजैराह बन्दरगाहमा इरानबाट ड्रोन आक्रमण भएको छ। यूएईको रक्षा मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार, देशलाई लक्षित गरी प्रहार गरिएका नौवटा ब्यालिस्टिक मिसाइल र ३३ वटा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरिएको छ।
मन्त्रालयका अनुसार, हालसम्मको युद्ध अवधिमा कुल २९४ ब्यालिस्टिक मिसाइल, एक हजार ६०० ड्रोन र १५ वटा क्रूज मिसाइललाई आकाशमै विफल पारिएको छ। यी शृङ्खलाबद्ध आक्रमणमा परी हालसम्म ६ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। आक्रमणका कारण फुजैराह बन्दरगाहमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो। यससँगै इरानी सेनाले यूएईमा रहेका नागरिकहरूलाई अमेरिकी सैन्य लक्ष्य नजिकका क्षेत्र तत्काल खाली गर्न चेतावनीसमेत दिएको छ।
खार्ग टापुमा भएको अमेरिकी आक्रमणको बदला लिने इरानको वाचासँगै यो हमला भएको हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खार्गस्थित इरानको मुख्य तेल निर्यात टर्मिनल र त्यहाँका सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरिएको पुष्टि गरेका छन्। ट्रम्पले इरानको तेल पूर्वाधार नै निशानामा पर्न सक्ने चेतावनी पुनः दोहोर्याएका छन्। यसअघि इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालीबाफले अमेरिकी आक्रमणको कडा प्रतिवाद गर्ने चेतावनी दिएका थिए।
ओमानको खाडीमा अवस्थित फुजैराह बन्दरगाह विश्वकै प्रमुख समुद्री सेवा केन्द्रमध्ये एक हो। सन् २०२२ को तथ्यांकअनुसार, यो बन्दरगाहमा १२ हजार ५०० भन्दा बढी जहाज आइपुगेका थिए भने ४ हजार ७०० भन्दा बढी जहाजले सेवा लिएका थिए। विशेष गरी यूएईको ‘अबुधाबी कच्चा तेल पाइपलाइन’ मार्फत दैनिक करिब १.८ मिलियन ब्यारेल तेल फुजैराह बन्दरगाहसम्म ढुवानी हुने गर्दछ।
बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण
त्यस्तै, इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको छ। इरान-समर्थित समूह ‘काताइब हेजबुल्लाह’का कमान्डरसहित तीन सदस्यको मृत्यु हुने गरी भएका दुईवटा आक्रमणको केही समयपछि नै यो हमला भएको हो।
लामो समयदेखि अमेरिका र इरानबीचको छद्म युद्धको मैदान बन्दै आएको इराक, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय द्वन्द्वमा तानिएको छ। शनिबार बिहान ठूलो विस्फोटको आवाजसँगै दूतावास परिसरमा कालो धुवाँको मुस्लो देखिएको थियो। ड्रोनमार्फत गरिएको सो आक्रमणबारे अमेरिकी दूतावासले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
युद्ध शुरू भएयता बग्दादस्थित दूतावासमा भएको यो दोस्रो आक्रमण हो। ‘इराकमा इस्लामिक प्रतिरोध’को ब्यानरमा रहेका इरान-समर्थित समूहहरूले अमेरिकी सैन्य आधारशिविरमा दैनिकजसो ड्रोन र रकेट आक्रमण गर्दै आएका छन्।
आक्रमणको श्रृङ्खलाअनुसार, पहिलो घटना ‘अरासत’ इलाकाको एक घरमा भएको थियो, जसमा तीन जनाको मृत्यु भयो। त्यसको दुई घण्टापछि नै ‘नहरावान’ जिल्लामा एउटा गाडीलाई लक्षित गरी दोस्रो आक्रमण भयो। काताइब हेजबुल्लाहले बग्दादमा कमान्डर अबु अली अल-अमिरीसहितका लडाकुका लागि अन्त्येष्टि जुलुस निकालेको थियो। सोही घरमा भएको आक्रमणमा समूहका उच्च नेता अहमद अल-हमिदावी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
इरान-समर्थक स्रोतहरूले यस घटनालाई ‘लक्षित हत्याको प्रयास’ भनेका छन्। अरासत जिल्लाका एक बासिन्दाले भने, “उक्त घर काताइब हेजबुल्लाहले प्रयोग गरिरहेको कुरा छिमेकमा कसैलाई पनि थाहा थिएन।” कसले आक्रमण गरेको हो भन्नेबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन र काताइब हेजबुल्लाहले पनि औपचारिक टिप्पणी गरेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
