बेइजिङले सोमबार इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताउँदै नयाँ नेताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेप वा लक्षित कारबाहीको विरोध गर्ने जनाएको छ।
इरानमा नयाँ सर्वोच्च नेताको चयनपछि उत्पन्न अन्तर्राष्ट्रिय प्रतिक्रियाका बीच चीनले यो निर्णय पूर्ण रूपमा इरानको आन्तरिक विषय भएको स्पष्ट गरेको छ। बेइजिङले सोमबार इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताउँदै नयाँ नेताविरुद्ध हुने कुनै पनि प्रकारको हस्तक्षेप वा लक्षित कारबाहीको विरोध गर्ने जनाएको छ।
इरानका पूर्वसर्वोच्च नेता अली खामेनी अमेरिकी–इजरायली आक्रमणको पहिलो चरणमा मारिएपछि उनका छोरा मोजताबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको थियो। त्यसलगत्तै इजरायली सेनाले खामेनीका ‘कुनै पनि उत्तराधिकारी’लाई लक्षित गर्न सक्ने चेतावनी दिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि मोजताबा खामेनीलाई ‘हल्का तौलको’ नेता भन्दै आलोचना गरेका थिए। साथै, नयाँ इरानी नेता चयन गर्ने प्रक्रियामा अमेरिकाको पनि भूमिका हुनुपर्ने उनको धारणा रहेको टिप्पणी सार्वजनिक भएको थियो।
यस विषयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले इरानले नयाँ नेता चयन गरेको निर्णय ‘यसको संविधानअनुसार गरिएको आन्तरिक प्रक्रिया’ भएको बताए। नयाँ नेताविरुद्ध सम्भावित कारबाहीबारे सोधिएको प्रश्नमा उनले चीन अन्य देशको आन्तरिक मामिलामा कुनै पनि बहानामा हस्तक्षेप गर्ने कार्यको विरोध गर्ने नीतिमा अडिग रहेको स्पष्ट पारे।
गुओका अनुसार चीनले इरानको सार्वभौमिकता, सुरक्षा तथा क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने धारणा राख्दै आएको छ। उनले सबै पक्षले संयम अपनाउनुपर्ने आवश्यकतामा समेत जोड दिए।
पछिल्ला दिनहरूमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण जारी राखेको बताइएको छ। त्यसको जवाफमा तेहरानले इजरायल र खाडी क्षेत्रका केही देशहरूतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको शृङ्खला सुरु गरेको छ, जहाँ अमेरिकी सैन्य उपस्थितिसमेत रहेको छ।
बेइजिङलाई तेहरानको घनिष्ठ साझेदार मानिन्छ। चीनले पूर्व नेता अली खामेनीको हत्याको निन्दा गरिसकेको छ, तर खाडीका छिमेकी देशहरूतर्फ इरानले गरेका आक्रमणप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ।
क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप चीनले कूटनीतिक पहल अघि बढाएको छ। मध्यपूर्वका लागि चीनका विशेष दूत झाई जुनले आइतबार साउदी अरेबियाका विदेशमन्त्री फैसल बिन फरहानसँग भेट गरे। भेटमा उनले क्षेत्रीय तनाव कम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको बताइएको छ।
झाई जुनले वार्ताका क्रममा तत्काल सैन्य कारबाही रोक्नुपर्ने र परिस्थितिलाई थप जटिल बन्न नदिन आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। उनले सर्वसाधारण नागरिकलाई थप क्षति नहोस् भन्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।
यसअघि आइतबार चिनियाँ विदेशमन्त्री वाङ यीले पनि जारी युद्धप्रति चिन्ता व्यक्त गर्दै यस्तो सङ्घर्ष ‘कहिल्यै हुनु नपर्ने’ उल्लेख गरेका थिए। उनले युद्ध अन्त्यका लागि सबै पक्षले प्रयास गर्नुपर्नेमा जोड दिए।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो तनावले विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा जोखिम बढाएको छ। चीनका लागि पनि यसले ऊर्जा सुरक्षामा चुनौती थप्न सक्छ।
विश्लेषण फर्म क्लेपरको तथ्यांकअनुसार गत वर्ष इरानबाट निर्यात भएको कच्चा तेलमध्ये ८० प्रतिशतभन्दा बढी चीनतर्फ गएको थियो। यद्यपि यो चीनले समुद्री मार्गबाट आयात गर्ने कुल तेलको करिब १३ प्रतिशत मात्र हो।
तर चीनले आयात गर्ने कच्चा तेलको ठूलो हिस्सा अझै पनि मध्यपूर्व क्षेत्रबाटै आउने भएकाले त्यहाँको अस्थिरताले प्रत्यक्ष प्रभाव पार्न सक्छ। क्लेपरका अनुसार चीनको कुल समुद्री कच्चा तेल आयातमध्ये आधाभन्दा बढी हिस्सा व्यापक मध्यपूर्व क्षेत्रबाट आउँछ, जुन मुख्यतः ‘स्ट्रेट अफ होर्मुज’को समुद्री मार्गमा निर्भर छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
