AnonymousUser

Logout

वार्ता असफलपछि इरानमा 'अमेरिकी गुप्तचरहरू' पक्राउ

इरानी अधिकारीहरूले शत्रु देशहरूसँग सहकार्य र सरकार विरोधी गतिविधिको आरोपमा धेरै जनालाई पक्रेर मुद्दा दायर गरिएको र सम्पत्ति जफत गरिएको बताएका छन्।

अमेरिका–इरानलाई पुनः संवादको पहल गर्न विश्वसमुदायको आग्रह

इस्लामाबादमा भएको अमेरिका–इरान वार्ता बिनानिष्कर्ष टुंगिएपछि विश्वसमुदायले द्वन्द्व अन्त्यका लागि पुनः संवादको पहल गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।

लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमा ५०० भन्दा बढी पक्राउ

बेलायतको लन्डनमा प्रतिबन्धित समूहको समर्थनमा आयोजित प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी १८ देखि ८७ वर्ष उमेर समूहका ५०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र संगीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी प्रख्यात पार्श्व गायिका आशा भोसलेको आइतबार मुम्बईमा निधन भएको छ।

इस्लामाबादमा वार्ताको टुंगो लागेन, अमेरिकाले 'अवैध' अनुरोध गरेको इरानको आरोप

इस्लामाबादमा भएको वार्ता एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिका–इरानी प्रत्यक्ष भेटघाट थियो।

अमेरिकी र इरानी टोलीसँग प्रधानमन्त्री सरिफको छुट्टाछुट्टै भेट

पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यका लागि इस्लामावादमा हुने वार्ताअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी र इरानी दुवै प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

इस्टर युद्धविरामअघि युक्रेनको ओडिसामा रुसी ड्रोन आक्रमण

अर्थोडक्स इस्टरका लागि घोषित ३२ घण्टे अस्थायी युद्धविराम लागू हुन केही घण्टा बाँकी रहँदा रुसले युक्रेनको ओडिसा सहरमा भीषण ड्रोन आक्रमण गरेको छ।

लेबनानमा इजरायली आक्रमण, एकै दिनमा २५० भन्दा बढीको मृत्यु

रोयटर्सका अनुसार बुधबार लेबनानमा भएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने ११०० भन्दा बढी घाइते भएका छन्।

इरानद्वारा कुवेत र यूएईमा मिसाइल आक्रमण

मंगलबार राति संघर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे इरानको लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो।

इरान र अमेरिकाबीच दुई साताको युद्धविराम, स्ट्रेट अफ होर्मुज खोल्ने सहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दुई साताको युद्धविराममा सहमत भएका छन्।

खार्ग टापुमा अमेरिका–इजरायलको आक्रमण, इरानी सैन्य लक्ष्यमा मात्र केन्द्रित भएको दाबी

इरानको खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेका छन्। खार्ग टापु इरानको अर्थतन्त्रका लागि मेरुदण्ड मानिन्छ, जहाँ देशको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन र भण्डारण ट्यांकहरू रहेका छन्।

श्रीलंकाद्वारा ३२ करोड डलरको राहत प्याकेज घोषणा, किसान र न्यून आय भएकालाई नगद दिइने

इरान युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित नागरिकलाई राहत दिन श्रीलंका सरकारले किसान, माझी र विपन्न परिवारका लागि ३२ करोड डलरको विशेष सहायता प्याकेज ल्याएको छ।

इरान–अमेरिका द्वन्द्व: ४५ दिने युद्धविराम प्रस्ताव

इरान र अमेरिकाबीचको बढ्दो तनावका बीच मध्यस्थकर्ताहरूले ४५ दिने युद्धविराम र रणनीतिक महत्त्वको 'स्ट्रेट अफ होर्मुज' पुनः खोल्ने प्रस्ताव अघि सारेका छन्।

ट्रम्पको '४८ घण्टा'वाला धम्कीपछि इरानको कडा प्रतिक्रिया, हुथीद्वारा क्षेप्यास्त्र आक्रमण

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलतर्फ क्षेप्यास्त्र आक्रमण गरेको बताएका छन्।

ट्रम्पको २०२७ बजेट प्रस्ताव: १.५ ट्रिलियन डलर रक्षा खर्च, घरेलु कार्यक्रममा कटौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य क्षमता सुदृढीकरणका लागि एक दशकयताकै ठूलो रक्षा बजेट प्रस्ताव गर्दै घरेलु कार्यक्रमहरूको भार राज्य सरकारहरूले बेहोर्नुपर्ने नीति अघि सारेका छन्।

अमेरिकी युद्धविराम प्रस्तावलाई बेवास्ता गरी आक्रमण जारी राख्दै इरान

अमेरिकाले पठाएको ४८ घण्टे युद्धविरामको प्रस्तावलाई इरानले बेवास्ता गर्दै सैन्य आक्रमणलाई जारी राखेको छ।

ट्रम्पको चेतावनीलगत्तै इजरायलमा इरानको नयाँ क्षेप्यास्त्र प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै इरानले इजरायली शहरहरूलाई लक्षित गरी नयाँ क्षेप्यास्त्र प्रहार गरेको छ।

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधनलगत्तै इरानले इजरायलमाथि शृंखलाबद्ध क्षेप्यास्त्र आक्रमण गरेपछि मध्य इजरायलका विभिन्न क्षेत्र प्रभावित भएका छन्।

अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलर नाघ्यो

इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ यताकै उच्च हो।

विद्युतीय चुरोट स्वास्थ्यका लागि जोखिमपूर्ण: अनुसन्धान

निकोटिनयुक्त ‘भेप’ वा विद्युतीय चुरोटले फोक्सो तथा मुखको क्यान्सर गराउन सक्ने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ।