इरानमाथि अमेरिका र इजरायलले शुरू गरेको सैन्य आक्रमणयता हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन्। राष्ट्रपति ट्रम्पले भने यो युद्ध यसै साता अन्त्य हुने सम्भावना कम रहेको बताएका छन्।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि शुरू गरेको व्यापक आक्रमणयता २०० अमेरिकी सैनिक घाइते भएका छन्। अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिन्सले सोमबार यसबारे जानकारी दिएका हुन्।
हकिन्सका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा भएका विभिन्न घटनामा परेका हुन्। तीमध्ये १० सैनिक गम्भीर घाइते छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन्।
यसैबीच, पश्चिमी इराकमा अमेरिकी केसी-१३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको छ। यो दुर्घटनासँगै हालसम्म ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ। यो घटनाले अमेरिकी–इजरायली सैन्य कारबाहीका कारण क्षेत्रीय तनाव र मानवीय चुनौती थप जटिल बनेको संकेत गरेको छ।
इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताएका छन्। यद्यपि, उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ आफ्नो दाबी भने दोहोर्याए।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा भने, “मलाई त्यस्तो लाग्दैन, तर यो छिट्टै टुंगिने छ। यसका लागि धेरै समय लाग्ने छैन।”
ट्रम्पले होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूको सुरक्षाका लागि प्रस्तावित अमेरिकी नेतृत्वको गठबन्धनमा सामेल हुने देशहरूको नाम चाँडै घोषणा गर्ने पनि बताए। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने सो समुद्री मार्गलाई रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ।
तर, अमेरिकाले प्रस्ताव गरेको सुरक्षा गठबन्धनमा धेरै सहयोगी राष्ट्रहरूले अझै स्पष्ट समर्थन जनाएका छैनन्। ट्रम्पले युरोपेली सहयोगीहरूको अनिच्छा देखाएको भन्दै आलोचनासमेत गरे।
यसैबीच, युरोपेली संघकी शीर्ष कूटनीतिज्ञ काया कालासले ब्रसेल्समा बोल्दै युरोपलाई लामो समयसम्म चल्ने युद्धमा रुचि नभएको स्पष्ट पारिन्। उनले यो युरोपको युद्ध नभए पनि यसको प्रभाव युरोपेली हितसँग प्रत्यक्ष जोडिएको उल्लेख गरिन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि शुरू गरेको आक्रमणपछि अन्तर्राष्ट्रिय जलमार्गमा ढुवानी प्रभावित भएको छ भने तेलको मूल्य बढेर विश्व अर्थतन्त्रमा अस्थिरता छाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
