AnonymousUser

Logout

संयुक्त राष्ट्रसंघीय मञ्चबाट अमेरिकी हिरासतमा रहेका मदुरोको रिहाइ माग

भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अमेरिकी हिरासतमा रहेका पूर्वराष्ट्रपति निकोलस मदुरोको तत्काल रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय जगतसँग कूटनीतिक संवाद र मेलमिलापका लागि अपिल गरेका छन्।

इरान छोड्न आफ्ना नागरिकलाई भारतको ट्राभल एड्भाइजरी

क्षेत्रीय तनाव बढ्दै गएको मूल्यांकन गर्दै भारतीय विदेश मन्त्रालयले इरानमा रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको छ।

ट्यारिफमा अमेरिकी अदालतको आदेशपछि ट्रम्पको अर्को कदम कुर्दै  चीनसहितका देश

अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको आयात करलाई त्यहाँको सर्वोच्च अदालतले खारेज गरेपछि अन्तर्राष्ट्रिय व्यापारमा अन्योल सिर्जना भए पनि एशियाली शेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छ।

मेक्सिकोका ‘मोस्ट वान्टेड’ लागूऔषध कारोबारी मेन्चो सैन्य कारबाहीमा मारिए

अमेरिकी विदेश विभागले एल मेन्चोको बारेमा जानकारी दिनेलाई १ करोड ५० लाख अमेरिकी डलरसम्मको पुरस्कार प्रस्ताव गरेको थियो।

कर खारेजीको फैसलापछि अमेरिका–चीन व्यापार सम्बन्धमा अनिश्चितता

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा लगाएको कर खारेज गरिदिएपछि वासिङ्टन र बेइजिङबीचको व्यापारिक सम्बन्ध पुनः अनिश्चित बनेको छ।

चुलियो पाक–अफगान सीमा तनाव

पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा गरेको यो आक्रमणलाई अक्टोबरमा सीमामा भएको भीषण झडपयता सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ।

युक्रेनी युद्धको अनुभवबाट युरोपले बनाउँदै सस्तो ड्रोन रक्षाप्रणाली

युरोपका पाँच राष्ट्रले युक्रेनको युद्धमैदानबाट प्राप्त प्रविधिका सीपलाई आत्मसात् गर्दै सस्तो तथा प्रभावकारी ड्रोन रक्षाप्रणालीको विकास र उत्पादनमा लगानी गर्ने संयुक्त घोषणा गरेका छन्।

हिटलर जन्मिएको घर अब प्रहरी चौकी

अस्ट्रिया सरकारले नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई प्रहरी चौकीमा रूपान्तरण गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा मिश्रित प्रतिक्रिया शुरू भएको छ।

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको विश्वव्यापी ट्यारिफ योजना रद्द

अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक शक्ति ऐनले राष्ट्रपतिलाई एकतर्फी रूपमा ट्यारिफ (शुल्क) लगाउने अनुमति नदिने ठहर गर्दै सर्वोच्च अदालतले ६–३ को बहुमतले ट्रम्पको योजनाको विपक्षमा फैसला सुनाएको हो।

फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, ७ जनाको मृत्यु

सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग शहरका समुदायमा पानी पसेकाले स्वयंसेवकहरूले  प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरिरहेका छन्।

आईईएबाट बाहिरिने अमेरिकाको चेतावनी

अमेरिकी ऊर्जासचिव क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)लाई 'नेट-शून्य' अजेन्डा त्याग्न दबाब दिँदै आगामी एक वर्षभित्र सुधार नभए संस्थाबाटै बाहिरिने चेतावनी दिएका छन्।

बेलायतका पूर्वराजकुमार एन्ड्रयु पक्राउ

एपस्टाइनसँग सम्बन्धित कागजातहरू सार्वजनिक भएपछि प्रहरीले पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन-विन्डसरलाई नियन्त्रणमा लिएको हो, जसमा माउन्टबेटन-विन्डसरको नाम पटक-पटक उल्लेख छ।

मार्सल ल प्रकरण: दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर

दक्षिण कोरियाको एक अदालतले सन् २०२४ को मार्सल ल प्रकरणमा पूर्वराष्ट्रपति युन सुक येओललाई विद्रोहको अभियोगमा दोषी ठहर गरेको छ।

चीनमा पटाका विस्फोट, १२ जनाको मृत्यु

सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षमा धेरै प्रमुख चिनियाँ शहरले पटाका प्रयोगमा प्रतिबन्ध लगाएका छन्। ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक छ।

रुस–युक्रेन शान्ति वार्ता नतिजाविहीन

क्षेत्रीय विवादमा सहमति अझै पनि अधुरो छ र यो बिना कुनै पनि युद्धविरामको कल्पना पनि गर्न सकिँदैन।

अस्ट्रेलियामा घर अभावको मुख्य कारण जग्गाको बढ्दो मूल्य: प्रतिवेदन

अस्ट्रेलियामा सन् २०२४ मा एक लाख ७७ हजार नयाँ घर निर्माण भएका थिए। सो समयमा अनुमानित माग भने दुई लाख २३ हजार थियो।

इरान-अमेरिका तनावले अन्तर्राष्ट्रिय बजारमा बढायो तेलको मूल्य

इरानको परमाणु कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र दुई देशबीच जारी नयाँ वार्ताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ।

बाल्टिक सागरमा जलस्तर घट्दा स्टकहोममा देखियो ४०० वर्ष पुरानो जहाजको भग्नावशेष

बाल्टिक सागरको जलस्तर एक सय वर्षयताकै न्यून विन्दुमा झरेपछि १७औँ शताब्दीमा पुलको जग बनाउन डुबाइएको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष स्टकहोममा पुनः सतहमा देखिएको छ।

देश छोड्न खोज्दा पक्राउ परेका युक्रेनी पूर्वऊर्जामन्त्रीमाथि मनी लन्ड्रिङको अभियोग

युक्रेनले ऊर्जा क्षेत्रमा भएको भ्रष्टाचारमा संलग्नताको आरोप लागेका पूर्वमन्त्री जर्मन गालुसेन्कोलाई देश छोड्ने प्रयास गरिरहेकै अवस्थामा नियन्त्रणमा लिई मनी लन्ड्रिङको अभियोगमा अनुसन्धान शुरू गरेको छ।

बोन्डी बिच गोलीकाण्डका मुख्य आरोपी अदालतमा उपस्थित

सिड्नीको बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डका मुख्य आरोपी नविद अकरम उपचारपछि पहिलो पटक भिडियो लिंकमार्फत सुनुवाइमा सहभागी भएका छन्।