कोरोना महामारीपछि करिब ६ वर्षदेखि बन्द रहेको जमुनाह नाका तेस्रो मुलुकका नागरिकका लागि पुनः सञ्चालनमा आएसँगै बाँके र बर्दियाको पर्यटन एवं आर्थिक क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ।
नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु भएको छ। एक साताअघिदेखि अध्यागमन कार्यालय जमुनाहले आगमन र प्रस्थान अनुमति पूर्ण रूपमा सञ्चालन गरेसँगै पर्यटकहरूका लागि आवतजावत सहज भएको हो।
अध्यागमन कार्यालय जमुनाहकी प्रमुख दुर्गा वलीका अनुसार नाका खुलेसँगै दुई जना विदेशी पर्यटक भारत हुँदै नेपाल प्रवेश गरिसकेका छन्। करिब छ वर्षपछि जमुनाह नाकाबाट आगमन र प्रस्थान प्रक्रिया सुरु भएको उनले जानकारी दिइन्।
“जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई अब असहज हुने छैन, हामीले सबै सेवाहरू सञ्चालनमा ल्याएका छौँ,” वलीले भनिन्। नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने पर्यटकहरूका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाइएकोले यसबाट पर्यटन क्षेत्रले ठुलो लाभ लिन सक्ने उनको विश्वास छ। उनले थपिन्, “यो नाका सञ्चालनमा आएसँगै यहाँका होटलहरू चलायमान हुनेछन् र आर्थिक कारोबारमा पनि वृद्धि हुनेछ।”
वलीले तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यटकीय स्थलसम्म पुग्न सक्ने र त्यसबाट राजस्व संकलन बढ्ने विश्वास व्यक्त गरिन्।
भारतीय पत्रकार एसके मधेसियाले नाका सञ्चालनले दुवै देशलाई लाभ हुने बताउँदै भारत हुँदै आउने पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने उल्लेख गरे।
यस्तै, नेपाल एशोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि पर्यटन व्यवसायी उत्साहित भएको बताए। उनले तेस्रो मुलुकका पर्यटकले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका पाटे बाघलगायत वन्यजन्तुको सहजै अवलोकन गर्न सक्ने बताए। कोरोना महामारीको समयदेखि जमुनाह नाकाबाट तेस्रो मुलुकका पर्यटकहरूको आवतजावत बन्द गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
