काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने गरेको छ।
ढोरपाटन– बागलुङमा यस वर्ष २६ करोड ९० लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ। औसा किराको प्रकोपले सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
यस वर्ष चार हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। किसानले न्यूनतम ६५ रुपैयाँ प्रतिकिलो बिक्री गरेका छन्। गत वर्ष २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो।
बाँझो खेतबारीमा किसानले सन्तलाखेती गर्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए। पहिले कोदो, मकै, गहुँलगायत खाद्यबाली लगाउने बारीमा सुन्तला लगाइएको छ। “धेरै झन्झट नहुने, कम मेहनतमा धेरै उत्पादन गर्न सकिने हुँदा सुन्तला खेतीतर्फ आकर्षण बढ्दो छ,” मगरले भने।
२०७६ सालमा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकोमा अहिले ६६४ हेक्टर पुगेको छ। ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ। काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ।
काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष ६ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा ८ लाखमा बगान नै व्यापारीलाई दिएको बताए। समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उहाँको भनाइ छ। अघिल्लो वर्ष औसा किराले झण्डै एक लाखको सुन्तला नष्ट गरिदिएको थियो।
सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको सुनाए। फल दिने बोट बढेको र मौसमले राम्रो साथ दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
