मैत्रीपूर्ण खेलमा नेपाली महिला यू–२० टोली चीनको युनान युवा टोलीमाथि ३–१ गोल अन्तरले विजयी भएको छ।
काठमाडौँ– नेपाली महिला यू–२० राष्ट्रिय फुटबल टोलीले चीनको युनान युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा ३–१ गोल अन्तरले विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अन्तिम समयतिर उत्कृष्ट प्रदर्शन गर्दै नेपालले नतिजा आफ्नो पक्षमा पारेको हो।
खेलमा शुरूआती अग्रता भने पाहुना टोलीले लिएको थियो। ४१औँ मिनेटमा सी साओटिङले गोल गर्दै युनानलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा एक गोलले पछि परेको नेपाल खेलको अन्त्यतिर मात्र लयमा फर्किएको थियो।
नेपालका लागि सुक्रिया मियाले ८४ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। तीन मिनेट नबित्दै ८७ औँ मिनेटमा कप्तान बिर्सना चौधरीले गोल गरेपछि टोली २–१ ले अगाडि बढ्यो। खेलको दोस्रो हाफको इन्जुरी समयमा सजनी स्याङ्तानले व्यक्तिगत पहिलो र टोलीका लागि तेस्रो गोल गरेपछि नेपालले ३–१ को सहज जित सुनिश्चित गर्यो।
चिनियाँ नयाँ वर्षको अवसर पारेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा यो खेल सम्पन्न भएको हो। एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीबीच यस्ता मैत्रीपूर्ण खेलहरू आयोजना गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
