त्रिभुवन विमानस्थलबाट हुने सात अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वमा जारी सैन्य तनावका कारण विभिन्न देशले हवाई क्षेत्रमा प्रतिबन्ध लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सात अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।

काठमाडौँ– हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सात वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।

उनले भने, “सारजहा, दोहा, दुबई, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन्। उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ।”

यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ।

null