अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण सुरु गरेपछि इरानले गरेको जवाफी कारबाहीमा परी युएईमा एक जनाको मृत्यु भएको छ भने मध्यपूर्वको हवाई उडान सेवा प्रभावित भएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानीमा भएको इरानी क्षेप्यास्त्र आक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। यूएईको सरकारी समाचार एजेन्सी (डब्लूएएम)का अनुसार, संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा इरानले गरेको प्रतिआक्रमणमा परी पहिलो पटक मानवीय क्षति भएको हो।
यसैबीच, सिरियाको नागरिक उड्डयन प्राधिकरणले शनिबार दक्षिणी सिरियाको हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेको छ। लुफ्थान्सा, एयर फ्रान्स, ट्रान्साभिया, कतार एयरवेज र पेगासस लगायतका एयरलाइन्सले लेबनानका लागि आफ्ना सबै उडान रद्द गरेका छन्।
टर्किस एयरलाइन्सका सञ्चार वरिष्ठ उपाध्यक्ष याह्या उस्टुनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत लेबनान, सिरिया, इराक, इरान र जोर्डनका लागि उडानहरू मार्च २ सम्मका लागि निलम्बन गरिएको जानकारी दिएका छन्। उनले कतार, कुवेत, बहराइन, युएई र ओमानका लागि पनि शनिबारका उडानहरू रद्द गरिएको बताए। उनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र थप उडान रद्द हुन सक्ने सङ्केत समेत गरेका छन्।
कतार एयरवेजले पनि दोहास्थित आफ्नो केन्द्र (हब)बाट हुने सबै उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। एयरलाइन्सले प्रभावित यात्रुहरूलाई सहयोग गर्न स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको छ। उडानहरू पुनः शुरू भएपछि पनि तालिकामा केही ढिलाइ हुन सक्ने एयरलाइन्सको भनाइ छ। यद्यपि, उडानहरू कहिलेदेखि नियमित हुन्छन् भन्नेबारे थप जानकारी दिइएको छैन।
इजरायलको राष्ट्रिय उद्धार सेवा (एमएडीए)ले उत्तरी इजरायलमा भएको आक्रमणको प्रभावबाट एक जना सामान्य घाइते भएको जनाएको छ। त्यहाँका अग्नि तथा उद्धार सेवाहरूका अनुसार एउटा अपार्टमेन्ट भवनको २०औँ तलामा प्रत्यक्ष प्रहार भएको छ। उक्त प्रहार क्षेप्यास्त्रकै हो वा प्रतिरक्षा प्रणालीले खसालेको भग्नावशेष हो भन्नेबारे अनुसन्धान भइरहेको छ।
कतारको आन्तरिक मन्त्रालयले आफ्नो देशलाई लक्षित गरी गरिएको क्षेप्यास्त्र प्रहारबाट कुनै मानवीय वा भौतिक क्षति नभएको स्पष्ट पारेको छ। मन्त्रालयले नागरिक र विदेशी नागरिकहरूलाई शंकास्पद वस्तुहरूबाट टाढा रहन र सुरक्षा अधिकारीहरूलाई खबर गर्न आह्वान गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिका–इजरायलको आक्रमणको जवाफमा कुवेत, यूएई, कतार र बहराइनमा रहेका चार वटा अमेरिकी सैन्य अखडालाई इरानी सेनाले निशाना बनाएका हुन्।
अमेरिका र इजरायलले इरानका विभिन्न सहरमा रहेका सैन्य र रक्षा लक्ष्यका साथै नागरिक स्थलहरूमा आक्रमण गरेको इरानी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। इरान र अमेरिका कूटनीतिक प्रक्रियाको बीचमा रहेकै बेला इरानमा अचानक आक्रमण भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
