मध्यपूर्वमा अचानक चुलिएको सैन्य तनावले हवाई क्षेत्र असुरक्षित बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सात वटा उडान रद्द भएका छन् भने विमानस्थल पुगेका सयौँ यात्रुहरू अन्योलमा परेका छन्।
काठमाडौँ– मध्यपूर्वमा देखिएको सैन्य तनाव र हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सातवटा उडान रद्द भएका छन्। हवाई सेवा प्रभावित भएपछि विमानस्थल पुगेका यात्रुहरू रोकिएका छन्।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार मध्यपूर्वका विभिन्न देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपालबाट हुने उडानहरू प्रभावित भएका हुन्। “सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी र दमामका लागि तय भएका आज दिउँसो र रातिका उडानहरू रद्द गरिएका छन्,” सिटौलाले भने, “उडानहरू पुनः कहिले सुरु हुन्छन् भन्नेबारे अर्को निर्णय भएपछि मात्र जानकारी गराइनेछ।”
अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणको जवाफमा इरानी सेनाले कुवेत, युएई, कतार र बहराइनमा रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाएपछि त्यस क्षेत्रको हवाई मार्ग प्रभावित भएको हो। सुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले उडानहरू स्थगित गरेका हुन्।
विमानस्थल कार्यालयले यात्रुहरूलाई विमानस्थल आउनुअघि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ। उडान रद्द भएको जानकारी नपाई विमानस्थल पुगेका यात्रुहरूका कारण प्रस्थान कक्षमा भिडभाड देखिएको छ। हवाई मार्ग बन्द भएसँगै वैदेशिक रोजगारी र अन्य कामले बाहिर जान लागेका यात्रुहरू विमानस्थलमै रोकिएका छन्। हेर्नुहोस् तस्वीरहरू












Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
