कस्तो रहला आजको मौसम?

कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागमा र बाँकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी   प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू, र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।