सर्लाहीको मलंगवा नगरपालिका– २ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका-२ का २८ वर्षीय प्रेम कुमार यादवको मृत्यु भएको हो।
काठमाडौँ- सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। सर्लाहीको मलंगवा नगरपालिका– २ स्थित नासी पोखरीमा डुबेर कौडेना गाउँपालिका-२ का २८ वर्षीय प्रेम कुमार यादवको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहीबार दिउँसो करिब १ बजेतिर यादव पोखरीमा डुबेर बेपत्ता भएका थिए। स्थानीयले युवकलाई पोखरीमा डुब्दै गरेको देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी कार्य गरेको थियो। खोजीका क्रममा नभेटिएपछि अन्ततः स्थानीयको सहयोगमा माछा मार्ने जाल प्रयोग गरी साँझ करिब साढे ५ बजेतिर शव फेला पारिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
