AnonymousUser

Logout

धनगढीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

धनगढीबाट पोखराका लागि छुटेको यात्रुवाहक बस धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

अविरल वर्षाले बागमती किनारका बस्ती डुबानमा (तस्वीरहरू)

बागमती खोला किनारका सुकुम्बासी बस्तीहरू डुबानमा परेसँगै उद्धार गर्न नेपाली सेना परिचालन गरिएको छ।

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा वीरगन्जमा

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ।

विपद् जोखिम: आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

गृह मन्त्रालयले वर्षाका कारण बाढी, डुबान, भूक्षय लगायतको जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बिदाको निर्णय गरिएको जनाएको छ।

अपडेट: पाँचथर दुर्घटनामा ५ जनाको मृत्यु

ताप्लेजुङदेखि सुनसरीको धरान जाँदै गरेको जिप तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३  स्थित कात्तिकेमा दुर्घटना भएको हो।

ताप्लेजुङदेखि धरान जाँदै गरेको जिप पाँचथरमा दुर्घटना, ६ जना गम्भीर

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको उद्धार गरेर उपचारका लागि धरान पठाइएको छ।

शनिबार साँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

बागमती, मधेश, गण्डकी र लुम्बिनीमा शनिबार राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यस्तो छ मुख्य राजमार्गको अवस्था

चन्द्रागिरिबाट नागढुंगा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधन पनि होल्ड गरिएको छ।

महिला टी२० शृंखला: मलेसियामाथि नेपालको जित

मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा शनिबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ६ विकेटले हराएको छ। यससँगै शृंखला १–१ को बराबरीको अवस्थामा पुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द

प्रतिकूल मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित गरिएको छ।

लामो दूरीका सवारीसाधन तीन दिनसम्म बन्द

देशका अधिकांश स्थानमा वर्षा भइरहेको र भारी वर्षा हुने पूर्वानुमान रहेकाले तीन दिन यातायात बन्द गरिएको प्राधिकरणले जनाएको छ।

नागढुंगासहितका नाकामा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

सडक चिप्लो हुने, दृश्यता कम हुने र पहिरो तथा बाढीको जोखिमसमेत उच्च हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रहसहित माइकिङ  गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ।

काभ्रेमा भारी वर्षा: बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक

काठमाडौँबाट जानेलाई काभ्रे भन्ज्याङमा र काठमाडौँ आउने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागले जनाएको छ।

नारायणगढ–नागढुंगा सडक एकतर्फी सञ्चालन

पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

पदयात्रामा नजान पर्यटकलाई कास्की प्रशासनको आग्रह

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका आग्रह गरिएको हो।

मनसुनी वायुको प्रभावले देशभर वर्षा, यी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी र तराई भूभागका केही स्थान तथा मधेश प्रदेशलगायत लुम्बिनीका तराई भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

काठमाडौँका जोखिमयुक्त स्थानमा सशस्त्र प्रहरीको ‘पट्रोलिङ’ र ‘माइकिङ’

देशका अधिकांश स्थानमा भारी र अति भारी वर्षा हुन सक्ने प्रक्षेपणसँगै सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझदेखि काठमाडौँका जोखिमयुक्त स्थानहरूमा 'पट्रोलिङ' र 'माइकिङ' गरेको छ।

बस दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

महोत्तरीमा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ।

शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार बिहानदेखि भने अरब सागर र बंगालको खाडीमा उत्पन्न भएको मनसुनी वायु थप सक्रिय रहने मौसमविद्को पूर्वानुमान छ।

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

गलकोटको हटिया बजारबाट ताराखोला जाँदै गरेको पिकअप भ्यान सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो।