गण्डकी र कर्णालीको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भन्ज्याङ बजारमा विद्युत् सर्ट हुँदा लागेको आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
एनपीएलअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगरले कर्णालीलाई तीन विकेटले पराजित गर्यो।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली काठमाडौँ उपत्यकाका तारे होटलबाट शुरू गरी विमान कम्पनी, ट्राभल्स एजेन्सी, मनी एक्सचेन्जर हुँदै अन्य सार्वजनिक तथा निजी सेवामा क्रमशः लागू गरिने अध्यागमन विभागले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नयाँ मतदाता बढेकाले म्यादी प्रहरीको संख्या बढ्न सक्ने बताएका छन्।
अनुसन्धान र अभियोजन दुवै अधिकार भएको अख्तियारले अधिकार दुरुपयोग गर्दा वास्तविक दोषीले उन्मुक्ति मात्र पाइरहेका छैनन्, कतिपय निर्दोषले ज्यानसमेत फालिरहेका छन्। तर किन दोहोरिइरहन्छ उही कमजोरी?
सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए।
हङकङमा दशकौँपछि भएको सबैभन्दा भीषण आगलागीमा मृतकको संख्या शुक्रबार ९४ पुगेको छ। यसअघि सन् १९४८ हङकङमा भएको आगलागीमा १३५ जनाको मृत्यु भएको थियो।
एनपीएलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
विशेषज्ञ चिकित्सक अभाव भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रदान भइरहेको कलेजो प्रत्यारोपण सेवा रोकिएको छ।
प्रभु सहकारीका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन भएकोबारे उकालोले विस्तृत खोज रिपोर्ट प्रकाशित गरेको थियो।
बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडक जलमग्न भएका छन्। पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ।
काठमाडौँ उपत्यकामा सार्वजनिक कुकुरको व्यवस्थापन चुनौती बन्दा मोटरसाइकल र पैदलयात्री जोखिममा परिरहेका छन्। तर स्थानीय तहले बन्ध्याकरणबाहेक व्यवस्थापनका अन्य उपाय पहिचान गर्नै सकेका छैनन्।
साउनयता काँकडभिट्टाबाट ४६ लाख ८८ हजार ९३२ किलो चिया भारततर्फ निर्यात भएको छ। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।
पशुपतिनगरबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो।
तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा सहज हुनेछ।
२०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो। सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बांग्लादेश निर्यात भइरहेको छ।
हङकङको अपार्टमेन्ट कम्प्लेक्समा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने ७६ जना घाइते भएको अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।
नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४०.५ ओभरमा १५१ रनमा अलआउट भयो।