रसुवाको भोटेकोशीमा बाढीको जोखिम अझै कायमै, सतर्कता अपनाउन महाशाखाको आग्रह

चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले रसुवास्थित भोटेकोशी नदीमा बाढीको जोखिम कायमै रहेको पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन बाढी सार्वजनिक गरेको छ।

रसुवाको भोटेकोशीमा बाढीको जोखिम अझै कायमै, सतर्कता अपनाउन महाशाखाको आग्रह
नेपाल फोटो लाइब्रेरी
धादिङको बेनीघाट

काठमाडौँ– चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले रसुवास्थित भोटेकोशी नदीमा बाढीको जोखिम कायमै रहेको पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन बाढी सार्वजनिक गरेको छ।

महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको भन्दै अर्को सूचना जारी नभएसम्म तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा रहन आग्रह गरेको छ।

बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुलगायतका ठाउँमा ठूलो भौतिक तथा मानवीय क्षति गरेको छ। ती ठाउँका स्वचालित जलमापन केन्द्र बाढीले बगाएको प्रारम्भिक प्राविधिक प्रतिवेदनमा उल्लेख छ।

मलेखुस्थित फुर्के खोलाको पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ। प्राविधिक विश्लेषणअनुसार चितवनको देवघाटबाट करिब १ करोड ९९ लाख ६० हजार घनमिटर अतिरिक्त बाढीजन्य पानी तल्लो तटीय क्षेत्रमा पुगेको छ।

नेपाल प्रहरीको बुधबार राति ११:०५ बजेसम्मको विवरणअनुसार बाढीमा परी ७ जिल्लामा १५७ जनाको शव फेला परेको छ। रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीका कारण २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।