आवश्यक पूर्वाधार र तयारी अभावका बाबजुद राम्रो प्रदर्शन गरेको नेपाली टोलीले पहिलो पटक आयोजित दृष्टिविहीन महिला क्रिकेट विश्वकपमा उपविजेतामै चित्त बुझाउनुपर्यो।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले नेपालको इतिहासमा पहिलोपटक आफ्नै राजनीतिक दल दर्ता गरेको हो।
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जनाएको छ।
यूएईमा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाली टोली आयोजक यूएईसँग भिड्दैछ।
'जेनजी' आन्दोलनका क्रममा काठमाडौँको ह्यात होटलभित्रको क्यासिनोमा छिरेर पैसा चोरी, आगजनी तथा तोडफोड गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुनका लागि १२० दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।
आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ।
आइतबार ‘ताइ पो’ क्षेत्रमा रहेको उक्त आवास क्षेत्रमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न एक हजारभन्दा बढी नागरिक शान्तिपूर्वक भेला भएका थिए।
अख्तियारले पुरानो पेस्की फर्स्योट नभए पनि नियमविपरीत थप पेस्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर गरेको छ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
नेपालले विनाशकारी बाढीबाट प्रभावित श्रीलंकालाई राहत र पुनर्स्थापनाका लागि दुई लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।
मुलुक रक्षाको सपथ खाएका सैनिकलाई घरेलु कामदारका रूपमा राख्ने कानूनी व्यवस्था नभए पनि आन्तरिक नियम र प्रचलनको आडमा तीनदेखि चार हजार सैनिकलाई हाकिमहरूको श्रमिकका रूपमा खटाइएको छ।
प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसइबी र कामबाट निकालिएको रिस रहेको खुलेको छ।
एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच प्रतिस्पर्धा हुने भएको छ।
सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्विकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवर्द्धनमा उज्ज्वल थापा एवं विवेकशील अभियानको योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने उल्लेख छ।
सीआईबीको टोलीले प्रभु बैंकका सीईओ अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
आइतबार नेप्से परिसूचक २६.५१ अंकले घटेर २,६४९.५२ को विन्दुमा कायम भएको छ भने कारोबार रकम सात अर्ब रुपैयाँ नाघेको छ।
गोरखापत्र संस्थानले एकेडेमीमार्फत पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक अध्ययन, अनुसन्धान, तालिम तथा पुस्तक र जर्नल प्रकाशनलगायतका गतिविधि सञ्चालन गर्ने जनाएको छ।
काठमाडौँ प्रशासनले जेनजी आन्दोलनका घाइतेहरूलाई चार समूहमा वर्गीकरण गरेको छ, जसमध्ये अति गम्भीर १५, गम्भीर ५१, मध्यम ३६ र सामान्य ६७ जना रहेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।