राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक तथ्यांकअनुसार सोमबार साँझ ६:०० बजेसम्म ९३९ जनाको शव फेला परेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्।
प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ।
भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका शव र अंग पहिचानका लागि नेपाल प्रहरीले स्वदेश र विदेशमा रहेका आफन्तबाट डीएनए नमूना संकलनको प्रक्रिया शुरू गरेको छ।
सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३.४२ को विन्दुमा सीमित भएको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ४८ मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १५ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ र एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक मार्ग प्रयोग गर्ने भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ।
भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवा क्षेत्रबाट १ हजार ३२१ जना सम्पर्कविहीन भएका छन् भने दुई हजार ४५६ जनाको उद्धार गरिएको छ।
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सडक विभागले मर्मतको ढाँचा तय गर्न विज्ञ टोली खटाएको छ।
त्रिशूलीमा आइतबार आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ।
भोटेकोशी नदीको बाढीका कारण रसुवा र नुवाकोटका नौ जलविद्युत् आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्।
भोटेकोशी नदीको बाढीमा परी ज्यान गुमाएकामध्ये विभिन्न जिल्लामा भेटिएका १०२ वटा शव परीक्षण र पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि धेरैजसोको अवस्था क्षतविक्षत भएकाले पहिचानमा समस्या देखिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
एमएमए फाइटर रवीन्द्र ढाँट न्यूजिल्यान्डका कासिब मर्डोकलाई हराउँदै 'रोड टू यूएफसी सिजन-५' को फाइनलमा प्रवेश गरेका छन्।
भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको पहिचानका लागि चितवनमा 'डिस्प्ले बोर्ड' राखिएको छ भने फोरेन्सिक विज्ञको अभावका साथै अत्यधिक गर्मी र ओसिलो मौसमका कारण शव कुहिन थालेपछि व्यवस्थापनमा समस्या देखिएको छ।
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, संयुक्त राज्य अमेरिकाका दुई र इटालीका दुई जनाको उद्धार गरिएको छ।
तिब्बततर्फ नदी थुनिएर बनेको पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले अलर्ट जारी गरेको छ।