टप एन्ड टी–२० सिरिजमा नेपाल एले आज एसीटीसँग खेल्दै

नेपाल एले अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमा आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) सँग प्रतिस्पर्धा गर्दैछ।

टप एन्ड टी–२० सिरिजमा नेपाल एले आज एसीटीसँग खेल्दै
नेपाल क्रिकेट संघ

काठमाडौँ- नेपाल 'ए'ले अस्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमा आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) सँग प्रतिस्पर्धा गर्दैछ।

डार्विनमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा तीन खेल खेल्दा एक जित र दुई हार बेहोरेको छ। दुई अंकसहित नेपाल ए तालिकाको सातौँ स्थानमा छ।

एसीटीले भने अहिलेसम्म खेलेका तीनवटै खेलमा हार बेहोरेको छ। अंकविहीन एसीटी तालिकाको नवौँ स्थानमा छ। नेपाल ए आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछ।