AnonymousUser

Logout

काठमाडौँमा ‘सडक एम्बुलेन्स’ [तस्वीरहरू]

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने कार्यालयको विश्वास छ।

३ महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब रेमिट्यान्स

चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।

शहरी क्षेत्रका खुला स्थान संरक्षण गर्न माग

शहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत हरियाली पार्कसहतिको खुला ठाउँ हुनुपर्ने उपत्यका विकास प्राधिकरणको नीति छ।

चिसोसँगै मुस्ताङमा बढ्यो निमोनियाको समस्या

रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर अस्पतल पुग्नेमध्ये ८० प्रतिशत बिरामी १० वर्ष मुनिका बालबालिका रहेका छन्।

देशका अधिकांश स्थानको मौसम सफा रहने

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

कमला नदीमा १४ वर्षदेखि पुल अधुरै, ‘डाइभर्सन’ निर्माण गर्न ठेक्का आह्वान

पक्की पुल विगत १४ वर्षसम्म अधुरै रहँदा, अहिले पनि स्थानीय जोखिम मोलेर युवाले बनाएको काठको पुल तथा डुंगाको भरमा आवतजावत गर्न बाध्य छन्।

हङकङको आवासीय भवनमा आगलागीपछि १३ जना पक्राउ

हङकङको वाङ फुक कोर्टमा भएको आगलागीको घटनामा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित ३ जना पक्राउ

प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

देवी भट्टचन, कुसुम लामासहित ७ जनाविरुद्ध ठगी र राष्ट्र बैंक ऐन कसुरमा मुद्दा दायर

ठगी तथा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचन, प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासहित सात जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेशसभाबाट २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ।

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी गर्ने फैसला सुनाएको छ।

एसीसी यू१९ प्रिमियर कपको उपाधि यूएईलाई, नेपाल २७ रनले पराजित

नेपाललाई २७ रनले पराजित गर्दै आयोजक यूएईले एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।

प्रभु बैंकका सीईओ शेरचनसहित ३ जनामाथि अनुसन्धानका लागि ५ दिन म्याद थप

उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरेको छ।

महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने कांग्रेसको निर्णय

कांग्रेसले १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २,६४५.२४ को विन्दुमा कायम भएको छ भने कारोबार रकम चार अर्ब ७१ करोड रुपैयाँमा सीमित रह्यो।

हेटौँडामा सडक विस्तारका लागि ५३१ संरचना हटाउन डोजर चलाउने तयारी

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५३१ घरटहरा तथा संरचना भत्काउनुपर्ने छ।

शेख हसिना र बहिनीकी छोरी सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

भ्रष्टाचार मुद्दामा ढाकाको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई पाँच वर्ष र उनकी बहिनी शेख रेहानालाई सात वर्ष र उनी छोरी ट्युलिप सिद्दिकलाई दुई वर्षको जेल सजाय सुनाएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो।

सुनचाँदीको मूल्य बढ्यो

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

इजरायली प्रधानमन्त्री नेतान्याहूले राष्ट्रपतिसँग माफीका लागि गरे गुहार, यस्ता छन् उनीविरुद्ध मुद्दा

राष्ट्रपति आइज्याक हर्जोगले नेतान्याहूले गरेको 'असाधारण अनुरोध'लाई विचार गर्नुअघि कानूनिविद‍्हरूको राय लिने बताएका छन्।