AnonymousUser

Logout

तुइन खोलामा पहिरो रोकथाम गर्न नारायणगढ–मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने

तुइन खोलामा पहिरो रोकथाम र माटो कटानको काम गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन आंशिक रूपमा बन्द गरिने भएको छ।

बाढीले मनास्लु पदमार्ग अवरुद्ध

पुल बगाएपछि भर्खर शुरू हुँदै गरेको मनास्लुको पर्यटक आवागमन प्रभावित हुने भएको छ।

रसुवामा ४१ किलोमिटर सडक र ८ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको छ।

कास्की पहिरो : २ कामदारको उपचारका क्रममा मृत्यु

कास्कीको माछापुच्छ्रे–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो खस्दा घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ।

भोटेकोशी बाढी : बेत्रावतीबाट ६४ वर्षीया महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११ औँ दिनमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको विदुर नगरपालिका–१० बेत्रावतीस्थित घरको चौथो तलाबाट सकुशल उद्धार गरिएको छ।

यस्तो रहनेछ आजको मौसम

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

सरकारले थाल्यो बाढीले क्षतिग्रस्त २० झोलुङ्गे पुलको मर्मत

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याएका २० वटा झोलुङ्गे पुलको मर्मत सुरु भएको जनाएको छ।

‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

भोटेकोशी बाढी: एक हजार २९३ शव फेला

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म एक हजार २९३ जनाको शव फेला परेको छ भने चार हजार आठ सयभन्दा बढी बेपत्ता छन्।

सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार

भोटेकोशीमा बाढी आएको १० दिनपछि सुरुङभित्र फसेका दुई जनाको नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले जीवितै उद्धार गरेको छ।

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

मन्त्रिपरिषद् बैठकः भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा

सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

भोटेकोशी बाढीः चार हजार २१६ अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चार हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन्।

नेप्से परिसूचक ४.६६ अंकले बढ्यो, ३ अर्ब ४६ करोडको कारोबार

सेयर बजारमा आज नेप्से परिसूचक ४.६६ अंकले बढेर २,५४२.७७ विन्दुमा पुग्दा ३ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।

आज प्रतिनिधिसभा बैठक बस्दै, तीन विषय कार्यसूचीमा

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

यस्तो रहनेछ आजको मौसम?

देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भोटेकोशी बाढी : ३९ देशका ५९० नागरिक सम्पर्कविहीन

बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन रहेका छन्।

पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डमा तीन ठाउँमा कटान

पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डअन्तर्गत कृष्णभीरमा झन्डै २०० मिटर सडकलगायत डाँडासमेत चिरिएको छ भने शीतल बजारमा ५० मिटर र परेवाभीरमा १०० मिटर गरी तीन ठाउँमा सडक भासिएको छ।

भोटेकोशी बाढीका घाइतेमध्ये २७ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी, ३९ जना डिस्चार्ज

रसुवाको भोटेकोशी बाढीमा घाइते भई त्रिवि शिक्षण अस्पताल ल्याइएका ६७ जनामध्ये हाल २७ जनाको उपचार भइरहेको छ भने ३९ जना डिस्चार्ज भइसकेका छन्।

पहाडी भूभागमा भारी वर्षाको सम्भावना

देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।