नुवाकोटको टोखा–छहरे सडकखण्डस्थित थानाभञ्ज्याङमा रोकिराखेको बस आफैँ गुडेर दुर्घटना हुँदा दुई तीर्थयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
त्रिशूली (नुवाकोट)– नुवाकोटको टोखा–छहरे सडकखण्डमा शनिबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ।
नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस दुर्घटनालगत्तै उद्धारका लागि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाएकोमा दुई जनाको अस्पताल पुर्याएलगत्तै निधन भएको जानकारी चिकित्सकले दिएका हुन्। दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजाता पोखरेल, काभ्रे बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) विनोद ढकालका अनुसार काठमाडौँबाट दुप्चेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर आएको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस थानाभञ्ज्याङस्थित सडक छेउमा रोकिएको समयमा आफैँ गुडेर दुर्घटनामा परेको हो।
बस रोकेर चालक र यात्रुहरू खाजा खान गएको समयमा आफैँ गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको इभी भ्यानलाई समेत ठक्कर दिई दुवै गाडी सडकबाट करिब ५० मिटर तल पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात् बसका चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
