प्रतिनिधिसभाको उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरले बिहीबार आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सक्रिय गराएको भन्दै रास्वपाले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
बिहीबार नेप्से परिसूचक करिब ४८ अंकले बढेर २८५१ को बिन्दुमा पुगेको छ भने करिब १० अर्ब रुपैयाँको कारोबार भएको छ।
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन्।
किसानले अव्यवस्थित रूपमा बनाएको काँचो मल बेचेरै मनग्ये कमाइरहेका छन्, तर यसलाई सुधार गरेर व्यवस्थित तरिकाले जैविक वा गड्यौला मल बनाउन सके मूल्य धेरै आउने र ओसारपसारमा पनि सहज हुने विज्ञ बताउँछन्।
चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।
रोयटर्सका अनुसार बुधबार लेबनानमा भएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने ११०० भन्दा बढी घाइते भएका छन्।
कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट शुरू भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ।
मंगलबार राति संघर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे इरानको लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो।
राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दुई साताको युद्धविराममा सहमत भएका छन्।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
बागमती प्रदेशसभाको १७ औँ हिउँदे अधिवेशन मंगलबारदेखि हेटौँडामा प्रारम्भ भएको छ।
इरानको खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेका छन्। खार्ग टापु इरानको अर्थतन्त्रका लागि मेरुदण्ड मानिन्छ, जहाँ देशको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन र भण्डारण ट्यांकहरू रहेका छन्।
चालु आर्थिक वर्षको भदौयता मुस्ताङ भ्रमणमा आएका पर्यटकमध्ये उच्च हिमाली भेगमा हुने 'हाई अल्टिच्युड' समस्याका कारण सात जनाले ज्यान गुमाएका छन्।
इरान युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित नागरिकलाई राहत दिन श्रीलंका सरकारले किसान, माझी र विपन्न परिवारका लागि ३२ करोड डलरको विशेष सहायता प्याकेज ल्याएको छ।
घोप्टे भिरको दुई सय ५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो। यहाँ करिब ५० मिटर माथिबाट भित्तो काटेर सडक थप चार मिटर फराकिलो बनाइएको छ।