AnonymousUser

Logout

विपिन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए

हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरियो।

जापानको पहिलो महिला प्रधानमन्त्री बनिन् सनई टाकाइची

संसद्को दुवै सदनबाट बहुमत पाएपछि एलडीपी नेतृ सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री भएकी छन्। उनले मंगलबार साँझ सपथ लिने छिन्।

बाँदरबाट जोगाउन किसानले समयअगावै टिपे सुन्तला

सुन्तला बगैँचामा पसेका बाँदरले फल मात्र नभई बोटसमेत भाँचेर नष्ट गरिदिने गर्दा किसानहरू हरियोमै सुन्तला टिप्न बाध्य भएका छन्।

पाकिस्तानको ओडीआई कप्तानबाट हटाइए रिजवान, अफ्रिदी नियुक्त

घरेलु मैदानमा टेस्ट क्रिकेट खेलिरहँदा सोमबार मोहम्मद रिजवानलाई ओडीआई कप्तानबाट हटाउने निर्णय पीसीबीले गरेको थियो।

विपिन जोशीको आज अन्त्येष्टि गरिँदै, शोकमा मालिकार्जुन टोल

नेपाली सेनाको सहयोगमा सोमबार साँझ कञ्चनपुर पुर्‍याएर परिवारलाई विपिन जोशीको शव जिम्मा लगाइएको थियो। शव जिम्मा लगाउन इजरायली दूतावासका अधिकारी पनि कञ्चनपुर पुगेका थिए।

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

महिनौँसम्म एक्लै जंगलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्वाँसो, भालु, स्याललगायत जंगली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन्।

तिहारमा झिलिमिली उपत्यका (तस्वीरहरू)

यहाँका घर, टोल र मठमन्दिर झिलिमिली बत्तीले सजिएसँगै नजिकका डाँडाहरूबाट उपत्यका मनमोहक देखिएको छ।

विपिन जोशीको शव नेपाल ल्याइयो, आजै कञ्चनपुर लगिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्चपदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

दीपावली पर्वका अवसरमा भएको आतसबाजीले दिल्लीमा थप प्रदूषण वृद्धि गरेको जनाइएको छ।

प्रहरीले यसरी मनायो कुकुरतिहार (तस्वीरहरू)

कार्यक्रममा विजेता कुकुरलाई पदक र पुरस्कार प्रदान पनि गरिएको छ।

केयूमा सूचना प्रविधि केन्द्र स्थापना, 'केयू-कनेक्ट' एप पनि सञ्चालन

काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। विद्यार्थीका लागि 'केयू-कनेक्ट' एप पनि सञ्चालनमा ल्याइएको छ।

लगातार तेस्रो हारपछि चौँथो स्थानमा झर्‍यो लिभरपुल

लिभरपुल इंग्लिश प्रिमियर लिगमा लगातार तीन खेलमा पराजित भएपछि अंक तालिकाको चौँथो स्थानमा खस्केको छ। च्याम्पियन्स लिगमा समेत गरी लिभरपुल लगातार चार खेलमा पराजित भएको छ।

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।

जेनजी प्रदर्शनपछि उपत्यकामा मापसेसहित नियमित चेकिङ सुचारु

हाल उपत्यकाका ६०–७० स्थानमा मापसे चेकिङ भइरहेको छ। चाडपर्वका बेला मापसे गरेर सवारी चलाउँदा हुने जोखिम कम गर्न विशेष चेक प्वाइन्ट खडा गरी जाँच पनि गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नक्खु कारागारबाट भागेका जबरजस्ती करणीका कैदी संखुवासभामा पक्राउ

नक्खु कारागारबाट जेनजी आन्दोलनको मौका छोपी फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

गृहको सीडीओहरूलाई निर्देशन

‘सुरक्षा चुनौती सतहमा आउनुपूर्व नै पहिचान गर, हराएका हतियार फिर्ता गर्न अभियान चलाऊ’

मन्त्रालयले दीर्घकालमा असर पार्ने सुरक्षा चुनौती सतहमा आउनुपूर्व नै पहिचान एवं विश्लेषण गर्दै त्यसका लागि सूचना संकलन, विश्लेषण र उपयोगलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ।

प्रहरीमाथि आक्रमण र हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ

काठमाडौँ प्रहरीले प्रहरीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिमा आगजनी र हतियार लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

माछा मार्ने क्रममा करेन्ट लागेर झापाका एक जनाको मृत्यु

झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।

नेपाली कांग्रेसले २०१४ सालमा गरेको त्यो विशेष महाधिवेशन

नेपाली कांग्रेसको विशेष महाधिवेशन एकपटक मात्र भएको इतिहास छ। तत्कालीन पार्टी सभापति सुवर्णशमशेरले पदबाट राजीनामा दिएपछि ६८ वर्षअघि कांग्रेसको विशेष महाधिवेशन भएको थियो।

कैलाली ट्याक्टर दुर्घटनाका घाइतेको लम्कीमा उपचार हुँदै

दुर्घटनामा परी घाइते भएका १२ जनाको पहिचान खुलेको छ।