रौतहटको बौधीमाईमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका २३ वर्षीय मोटरसाइकल चालक दीपेन्द्र बैठाको उपचारका क्रममा गौरमा मृत्यु भएको छ।
रौतहट– रौतहटको बौधीमाई नगरपालिका–१ स्थित भुवाली चोकनजिकै सोमबार भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
पिपरियाबाट अजगैवीतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ७६६ नम्बरको विद्युतीय गाडीले ‘अनटेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२ इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान पौने ९ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका बैठालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर लगिए पनि चिकित्सकले बिहान सवा १० बजे मृत घोषणा गरेका थिए। शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न गाडी चालक राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
