‘नेचर हर्ब’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
काठमाडौँ– काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित फेरी जंगलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएका जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
यहाँ वनभोज खाएर फर्किएको बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उनले बताए।
साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो। दुर्घटनामा २२ जना घाइते भएका छन्। उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको नेपाल मेडिकल कलेज, शंखरापुररापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ।
उक्त बसमा ४० जनाजति सवार रहेका जनाइएको छ। ‘नेचर हर्ब’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
