आज साँझ शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बस दुर्घटनामा परेको हो।
काठमाडौँ– काठमाडौँको शंखरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ।
आज साँझ शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए।
उनले भने, “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ। घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ। बस घटनास्थलमै रहेको र अन्य विवरण आउन बाँकी छ।”
उक्त बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
