तराईका अधिकांश स्थानमा हुस्सु

दिउँसो पनि तराईमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ। 

राति पनि तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।