फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी कारबाहीमा परेका हुन्।
काठमाडौँ– नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ।
आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी)देखि कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए।
कारबाही पर्नेहरूमा एक प्रहरी डआईजी, एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार प्रहरी उपरीक्षक (एसपी), पाँच प्रहरी नायब उपरीक्षक (डीएसपी), २४ प्रहरी निरीक्षक (इन्सपेक्टर), ११ प्रहरी वरिष्ठ नायब निरीक्षक (एसएसआई), २४ प्रहरी नायब निरीक्षक (एसआई), ५१ प्रहरी सहायक निरीक्षक (एएसआई), सात प्रहरी वरिष्ठ हवल्दार, ३५ प्रहरी हवल्दार, ७६ सहायक हवल्दार, ३५८ प्रहरी जवान र कार्यालय सहयोगी दुईजना रहेका छन्।
उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए। नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्नेसम्बन्धी निर्देशिका जारी गरेको थियो।
नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरूमा समेत प्रहरीले सामाजिक सञ्जालमा गैर व्यावसायिक र अमर्यादित आचरण प्रदर्शन नगर्न भनिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
