AnonymousUser

Logout

यूएईमा इरानी आक्रमणबाट नेपालीसहित ३ जनाको मृत्यु, ५८ घाइते

यूएईमा भएको इरानी आक्रमणमा परी एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु हुनुका साथै ५८ जना घाइते भएको यूएईको रक्षा मन्त्रालयले जनाएको छ।

११ दल र १ हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता

प्रतिनिधिसभा निर्वाचनमा सहभागी ६५ दलमध्ये ११ दल र ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ८६५ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

फलोअप

सिंहदरबार जलाएको अभिव्यक्ति दिनेलाई उन्मुक्ति दिने जिल्लाको निर्णय उच्चले उल्टायो

सिंहदरबार आगजनीका आरोपी महेन्द्र गौतमलाई मुद्दा नचलाई उन्मुक्ति दिने जिल्ला सरकारी वकिल कार्यालयको निर्णय बदर गर्दै उच्च सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाउन निर्देशनसहित फाइल फिर्ता पठाइदिएको छ।

विगतकै ‘प्रोटोकल’अनुसार मतपेटिका ढुवानी: सेना

सेनाले एकीकृत सुरक्षा योजनाअनुसार सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ।

कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनकारीको आक्रमण, ९ जनाको मृत्यु

कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा इरानका सर्वोच्च नेताको हत्याको विरोधमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ९ जनाको मृत्यु भएको छ।

मध्यपूर्वको युद्धले २० लाख नेपाली प्रभावित, सुरक्षित बस्न आग्रह

सरकारले खाडी तथा मध्यपूर्वमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न र सावधानी अपनाउन आग्रह गरेको छ। यूएई, कतार, साउदी अरबिया, इजरायललगायत देशमा तत्काललाई श्रम स्वीकृति स्थगित गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनः २ दिनमा काठमाडौँबाट बाहिरिए ८० हजार यात्रु

प्रतिनिधिसभा निर्वाचनको मतदान गर्ने दिन नजिकिएसँगै पछिल्लो दुई दिनभित्र करिब ८० हजार यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्।

नेप्से १९.२७ अंकले बढ्यो, ५ अर्ब ६४ करोडमाथिको कारोबार

नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० को बिन्दुमा पुग्दा पाँच अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

मध्यपूर्व तनाव : कूटनीति र संवादमार्फत समाधान खोज्न नेपालको आग्रह

नेपालले मध्यपूर्वको सुरक्षा परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित पक्षहरूलाई कूटनीति र संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ।

प्रतिनिधिसभा निर्वाचन: मधेशमा सुरक्षा व्यवस्थामा कडाइ

भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेकाले अनुगमन र सुरक्षाका लागि योजनाबद्ध कार्य अगाडि बढाइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए।

अब के गर्छ इरानले, के होला मध्यपूर्वमा?

३६ वर्षदेखि सत्तामा रहेका ८६ वर्षीय खामेनीको हत्या भएसँगै अब इरानमा नेतृत्व कसको हातमा जान्छ भन्दा पनि तत्कालै अमेरिका-इजरायलसँगको युद्ध कसरी अगाडि बढाउँछ भन्ने मुख्य विषय बनेको छ।

कवि दावा योञ्जनको ‘जङ्गली फूल’ सार्वजनिक

सिक्किमका नेपालीभाषी कवि दावा योञ्जनको कविता संग्रह 'जङ्गली फूल' सार्वजनिक भएको छ।

५ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

'संसदमा हाम्रा समस्या बोलिदिने कोही नभएपछि आफैले उम्मेदवारी दिएको हुँ'

'उपत्यकाबाहिर बस्नेले राजधानीवासी सम्पन्न हुन्छन् भन्नुहुन्छ होला तर लाकुरी भन्ज्याङतिर गयो भने वास्तविकता अर्कै छ।'

दुर्गा प्रसाईं फेरि पक्राउ

प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो। उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर अभिव्यक्ति दिएका थिए।

किसानबाट ११ हजार क्विन्टल धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको छ।

इरानका सर्वोच्च नेता खामेनी मारिए, ४० दिने शोक घोषणा

सरकारी टिभी प्रस्तोताले आँखाभरि आँसु पार्दै खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए।

भ्रष्टाचार विरोधीदेखि होसियार!

रोचक के छ भने नेपो-बेबी ट्रेन्ड चलाउने युवाहरू देशभरका अन्य युवाको आर्थिक-सामाजिक स्थिति हेर्दा आफैँ पनि ‘नेपो बेबी’ हरू देखिन्छन्।

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

मध्यपूर्वमा तनाव बढेपछि खाडी र इजरायलमा रहेका नेपालीलाई सतर्क रहन सरकारको आग्रह

मध्यपूर्वमा इरान र इजरायल–अमेरिकाबीच शुरू भएको सैन्य तनावपछि सरकारले खाडी मुलुक र इजरायलमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।