गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।
सरकारी निकायका विवरण बाझिएपछि रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण झिकाउन आदेश दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ।
घरेलु क्रिकेटको एक मात्र बहुदिवसीय प्रतियोगिता जय ट्रफी खेल्ने खलाडी लामो समय क्रिजमा अडिन बिस्तारै अभ्यस्त हुँदैछन्। यो सिकाइले टेस्ट मान्यताको लक्ष्यमा हिँडेको नेपाललाई गन्तव्यमा पुर्याउन सक्ला?
शुक्रबार कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको आकलन गरिएको छ। साथै, तराई र पूर्वी पहाडी जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ।
बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढ्दा २१ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
फिल्म निर्माणको बहानामा सरकारी बजेट दुरुपयोग गरेको अभियोगमा अख्तियारले अछामको ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
होर्मुज जारी अवरोधका कारण खाडी मुलुकहरूको आयात प्रणाली खलबलिएपछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ।
हाम्रा विकास नीति–योजनादेखि कैयौँ कुरा प्रभावकारी हुन नसक्नुको एउटा प्रमुख कारण मानिस अर्थात् समाजसँग टाढिनु पनि हो। त्यसमै बाटो देखाउने मानविकी र समाजविज्ञान पढाइमा किन आकर्षण घटिरहेछ?
रौतहटको चाँदी खोलामा अवैध बालुवा उत्खनन गरिरहेका ८ ट्याक्टर र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
तीन महिनाभित्र आवश्यक कारबाही हुनेगरी सह–प्राध्यापक चित्रकारविरुद्ध लगाइएका आरोपहरूबारे तुरुन्तै अनुसन्धान शुरू गर्नुपर्ने उनीहरूको माग छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
निर्वाचन आयोगले आज निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै थापाले सभापति पदबाट राजीनामा दिएका हुन्।
दलितमाथि हुँदै आएको ऐतिहासिक उत्पीडनप्रति नेपाल राज्यको तर्फबाट औपचारिक रूपमा क्षमा याचना गर्ने वाचा गरेकोले प्रधानमन्त्रीको पहिलो सम्बोधनमा नै यो ‘क्षमा याचना’ आउन जरुरी छ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
इरानका शीर्ष सुरक्षा अधिकारी लारीजानी र देशका रक्षामन्त्री नासिरजादेहको यसअघि नै मृत्युको पुष्टि भइसकेको छ।
संसद्मा प्रतिपक्षले सरकारका कामलाई जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गर्छन्। यसपटक २७५ सदस्यीय प्रतिनिधिसभाको प्रतिपक्षमा बढीमा ९३ सांसद हुनेछन्। संसद्लाई प्रभावकारी बनाउन के हुन्छ उनीहरूको भूमिका?
हेलिकप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।