रामेछापको देउरालीमा निर्वाचन कर्मचारी र सामग्री पुर्याएर फर्काउने क्रममा गाडी दुर्घटनामा परेको छ।
प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने दिन माघ ६ यता रास्वपा त्याग्ने सबै नेताको समान आरोप छ– पार्टीभित्र आर्थिक चलखेल, अपारदर्शिता र व्यापक अनियमितता छ। उम्मेदवारी वितरणमा पनि त्यस्तो अपारदर्शिता झल्किन्छ।
मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको छ।
लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएका इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने अन्य १४९ जना घाइते भएका छन्।
निर्वाचन सुरक्षाका लागि उपत्यकाका ८० प्रतिशत ट्राफिक प्रहरी अन्य प्रदेशमा खटिएपछि काठमाडौँको सवारी व्यवस्थापनका लागि सडकमा निर्वाचन प्रहरी परिचालन गरिएको छ।
होली सकिएलगत्तै निर्वाचन हुने भएकाले होली मनाउन र मतदान गर्न घर फर्कने सर्वसाधारणको संख्या बढेको यातायात व्यवसायीहरूले बताएका छन्।
इरानी ड्रोन आक्रमणका क्रममा यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको छ।
'मैले आजसम्म यस क्षेत्रका अवसरबाट बञ्चित समुदायको उत्थान, विकास, न्यायको लागि काम गरेकी छु। यसले मलाई उहाँहरूको गुनासो/अपेक्षा संकलन तथा सम्बोधन गर्न सहज भएको छ।'
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसार, सभा, सम्मेलन, छलफल, अन्तरक्रिया, कार्यशाला वा गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ ।
निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा आएको एउटा जिज्ञासा थियो, “दृष्टिविहीन व्यक्तिले आफ्नै एकाघरका सदस्यप्रति विश्वास नभए, निर्वाचन अधिकृतबाट मतदानका लागि सहयोग लिन पाइन्छ?”
सोमबार बिहान एशियाली बजार खुल्दा ब्रेन्ट क्रुड र निमेक्स लाइट स्वीट तेलको मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको थियो।
गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको भइरहेको छ।
आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्।
नयाँलाई अवसर दिऊँ न त' भन्ने मनोविज्ञान हाबी हुनुलाई अन्यथा मान्न सकिँदैन। तर प्रश्न के नयाँ वास्तवमै नयाँ सोच, उद्देश्य, नीति, कार्यक्रम तथा तौरतरिका लिएर आएका छन् त?
मारिएका सैनिकहरूको विवरण उनीहरूको परिवारलाई जानकारी गराइएको २४ घण्टापछि मात्र सार्वजनिक गरिने अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले जनाएको छ।
मन्त्रिपरिषद्ले मध्यपूर्वको युद्धका कारण हवाई सेवा अवरुद्ध भई ट्रान्जिटमा अलपत्र परेका नेपालीहरूको सुरक्षा र व्यवस्थापनका लागि दूतावासहरूमार्फत आवश्यक समन्वय एवं बसोबासको प्रबन्ध मिलाउने निर्णय गरेको छ।
यूएईमा भएको इरानी आक्रमणमा परी एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु हुनुका साथै ५८ जना घाइते भएको यूएईको रक्षा मन्त्रालयले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा सहभागी ६५ दलमध्ये ११ दल र ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ८६५ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।
फलोअप
सिंहदरबार आगजनीका आरोपी महेन्द्र गौतमलाई मुद्दा नचलाई उन्मुक्ति दिने जिल्ला सरकारी वकिल कार्यालयको निर्णय बदर गर्दै उच्च सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाउन निर्देशनसहित फाइल फिर्ता पठाइदिएको छ।