चुनावी परिणामको जिम्मेवारी लिँदै सभापति गगन थापाले दिएको राजीनामालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गर्ने निर्णय गरेको छ।
काठमाडौँ— नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ। आइतबार सम्पन्न बैठकले थापाको राजीनामामाथि छलफल गर्दै त्यसलाई स्वीकृत नगर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ३८ सिट मात्र प्राप्त गरेपछि त्यसको जिम्मेवारी लिँदै थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका थिए। प्रवक्ता चालिसेका अनुसार वर्तमान राजनीतिक अवस्थामा नेतृत्व परिवर्तन गर्दा अन्योल बढ्न सक्ने र यसले कार्यसम्पादनमा असर पुर्याउने निष्कर्षका साथ राजीनामा अस्वीकार गरिएको हो।
बैठकले निर्वाचन परिणामको जिम्मेवारी कुनै एक व्यक्तिको मात्र नभई समग्र पार्टीको साझा विषय भएको ठहर गरेको छ। विशेष महाधिवेशनबाट चयन भएको ५० दिन मात्र पुगेको कार्यसमितिको दायित्व बाँकी रहेको र १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारीलाई मध्यनजर गर्दै राजीनामा अस्वीकार गरिएको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, कांग्रेसले पश्चिम एसियामा जारी तनावप्रति चासो व्यक्त गर्दै त्यस क्षेत्रमा रहेका नेपालीको सुरक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ। विशेष गरी इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी स्वदेश ल्याउन सरकारसँग माग गरिएको छ।
बैठकले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगद्वारा बुझाएको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ।
यस्तै, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखिएकोतर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। पेट्रोलियम पदार्थको मूल्य घटाउन र ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन बैठकले सरकारसँग माग गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
