AnonymousUser

Logout

प्रतिनिधिसभा निर्वाचन: छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान

आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदानका लागि निर्धारित समय साँझ ५:०० बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेका मतदाताहरूले त्यसपछि पनि मत दिन पाउने जानकारी दिइन्।

कतारमा रहेका नेपालीको सुरक्षाबारे दुई देशका प्रधानमन्त्रीबीच फोनवार्ता

प्रधानमन्त्री सुशीला कार्कीले कतारी समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अलथानीसँग टेलिफोन संवाद गरी त्यहाँ रहेका ३ लाख ६० हजार नेपालीको सुरक्षा र पश्चिम एशियाको वर्तमान अवस्थाबारे कुराकानी गरेकी छिन्।

उदयपुरमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

उदयपुरस्थित मदन भण्डारी लोकमार्गमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सन्तानको भविष्य सम्झेर मतदान गर्न पुगेका हजुरबा–हजुरआमा

देशको राजनीतिले विरक्त बनाए पनि ८६ वर्षीय वेदबहादुर खड्का सन्तानको जीवन राम्रो हुन्छ कि भन्ने आशा बोकी नातिसँग भोट दिन बिहानै मतदानस्थलमा आइपुगे।

पासबिना सञ्चालित ९०० सवारीसाधन नियन्त्रणमा

प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौँ उपत्यकामा पास नलिई सञ्चालन गरिएका ९०० वटा सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

प्रतिनिधिसभा निर्वाचन: २ बजेसम्म ३३ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ६२ लाख २० हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

नवपुस्ताका मतदाता भन्छन्– ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’

निर्वाचनमा सहभागी नवपुस्ताका मतदाताले आफ्नो मतलाई देशको भविष्य र सुशासनसँग जोड्दै फेरि खेलबाड नहोस् भन्ने चाहना व्यक्त गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन: राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबारको मतदानमा राष्ट्रपति र उपराष्ट्रपति सहभागी भएनन्।

दिउँसो १ बजेसम्म देशभर करिब २५ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो १ बजेसम्म देशभर करिब २४.७८ प्रतिशत मतदान सम्पन्न भएको छ।

रुससँग लड्दाको अनुभव बाँड्न चाहन्छन् जेलेनेस्की

युक्रेनी राष्ट्रपति भन्छन्– 'हामीलाई मिसाइल र ड्रोन आक्रमणहरू के हुन् र तिनीहरूको सामना कसरी गर्ने भन्ने बारे राम्ररी थाहा छ।'

वायुसेवा निगमका दुई अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा अवस्थाका कारण केही हवाई मार्ग बन्द भएकाले उडान सञ्चालन गर्न नसकिएको निगमले जनाएको छ।

दिउँसो १२ बजेसम्म देशभर १८ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको जनाएको छ।

राष्ट्रिय दलको मान्यता कसरी दिइन्छ, संसद्‍मा पाउने सुविधा के हो?

आमनिर्वाचनबाट प्रतिनिधिसभामा कुन दलको हैसियत के हुने, कुन–कुन राष्ट्रिय दल हुने, संसद्‍मा प्रतिनिधित्व गर्ने दल कति हुने भन्ने निर्धारण हुन्छ। त्यसकै आधारमा सत्तापक्ष र प्रतिपक्षको कित्ता छुट्टिन्छ।

पर्सामा शान्तिपूर्ण मतदान हुँदै (फोटो फिचर)

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा मतदान जारी छ।

संस्कार प्रजातान्त्रिक बनाए देश आफै बदलिन्छ

निर्वाचन आयुक्त भइसकेको व्यक्तिले आफ्नो मताधिकार किन प्रयोग नगरेको होला भनेर धेरैलाई लाग्न सक्छ। नेपाल सरहदभित्र बस्ने नेपाली नागरिकले जहाँ बसे पनि भोट हाल्न पाउनुपर्छ भन्ने दर्शन हो।

सर्लाही–४ मा विवादपछि रोकिएको मतदान पुनः सुचारु

सर्लाही-४ मा घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबीच सहमति भएपछि रोकिएको मतदान पुन: सुचारु भएको छ।

प्रतिनिधिसभा निर्वाचन: मतदान शुरू

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका निर्वाचन केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ।

राजनीतिमा युवा नेतृत्व: सफल कि असफल?

आउने संसद् पनि अत्यन्त कमजोर देखिनेछ, जसले राजनीतिक अस्थिरता अझै वृद्धि गर्नेछ। किनकि आरामदायी बहुमत प्राप्त गर्न सक्ने दल कुनै पनि बन्न सक्ने अवस्था नरहेको अनुमान गरिँदै छ।

आज देशभरको मौसम सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।

मध्यपूर्वमा तनावः नेपालीहरूको विवरण अद्यावधिक गर्दै दूतावास

परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागको आकस्मिक उद्धार पोर्टलमार्फत दूतावासहरूले विवरण संकलन गर्न थालेका हुन्।