जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्कबाहिर छन्। फरारमध्ये १३ जना विदेशी नागरिक छन्, जसमा ११ भारतीय र २ चिनियाँ रहेका छन्।
मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारीसम्बन्धी जाँचबुझ आयोग–२०८२’ गठन गर्ने निर्णय गरेको छ।
कास्की, बागलुङ र मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीको दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ।
नेपाल बार एसोसिएसनले मुद्दा फिर्तासम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णय प्रचलित कानूनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्ताका सम्बन्धमा प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेनजी आन्दोलनका शहीद परिवारलाई माग पूरा गर्नुको सट्टा सरकारले पाँच महिनादेखि यताउता कुदाइरहेको भन्दै पीडितहरूले प्रधानमन्त्री कार्यालयअगाडि धर्ना दिएका छन्।
५० वर्षअघि सञ्चालनमा आएको ट्रलीबस ३५ वर्षसम्म सेवा दिएर बन्द भयो। अबको पुस्ताले जीर्ण भएर राखिएका ट्रलीबस र ठाउँठाउँ रहेका अवशेष मात्र देख्न सक्छन्। के अझै सञ्चालनको सम्भावना छ?
अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन अदै बताउँछन्।
नेपाल प्रहरीले ३३ किलो सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी थप एक जनालाई पक्राउ गरेको छ।
विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतंक फैलाउन थालेपछि डिभिजन वन कार्यालयले त्यसलाई मार्न वा नियन्त्रणमा लिन आदेश जारी गरेको छ।
मुस्ताङमा गाडी पसेको दुई दशक भयो, अहिले उत्तरी नाका कोरलासम्मै सवारीसाधनमा जान सकिन्छ। गाडी पुगेसँगै मुस्ताङीको भान्सामा पाक्ने परिकार र लगाउने पोसाक मात्र होइन, पेसा पनि फेरिँदैछ।
ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए। पछाडि बसेका पाँचै जनाको मृत्यु भएको हो।
काठमाडौँमा बुधबार साँझ सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ।
संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षले महाधिवेशनको बन्दसत्रबाट गगन थापालाई सभापति निर्वाचित गर्दै नयाँ कार्यसमितिको घोषणा गर्ने तयारी गरेको छ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकै बेला कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन र विश्वप्रकाशसहितका नेताहरूलाई ५ वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ।
कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत संशोधित निर्वाचन तालिकाअनुसार मतदानको समय बुधबार राति ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।
सयौँ कर्मचारीको अवैध नियुक्तिका लागि घुसको खुला लेनदेन, कर्मचारीहरूको शंकास्पद बैंक कारोबार र आधारभूत सेवाको दयनीय अवस्थाले पर्साको पोखरिया नगरपालिका, स्थानीय सरकारको विकृत उदाहरण बन्न पुगेको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।
फिडरको भार मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो।