देशभर निर्वाचनको सरगर्मी बढिरहँदा मुगुका कृषकलाई भने बगैँचा व्यवस्थापनको चटारो छ। स्याउका बिरुवा काँटछाँट, गोडमेल र रोग नियन्त्रणका लागि नीलोतुथो लगाउने उपयुक्त समय भएकाले उनीहरू यतिबेला स्याउखेतीमै व्यस्त छन्।
मुगु– देशमा प्रतिनिधिसभा सदस्य निर्वाचनको चटारो भए पनि मुगुका मतदाता कृषिकर्ममै व्यस्त छन्। ‘चुनावले खान–लाउन दिँदैन’ भन्दै मुगुवासी स्याउ बगैँचामा बिरुवा काँटछाँट, गोडमेल र घेराबार गर्न तल्लीन छन्।

पुस, माघ र फागुन स्याउ खेती गर्ने कृषकका लागि बिरुवा काँटछाँट गर्ने, गोडमेल गर्ने, घेराबार हाल्ने र नीलोतुथो वा चुना लगाउने उपयुक्त समय हो। त्यसैले अहिले कृषकहरूलाई अन्य कामको फुर्सद छैन।

पछिल्लो समय कर्णाली राजमार्ग सुधार भई जिल्लाका स्याउ उत्पादन हुने क्षेत्रमा सडक सञ्जालको पहुँच पुगेपछि ठुला सहरहरूमा मुगुको स्याउको माग बढेको छ। जिल्लाका दर्जनौँ स्थानमा स्याउको राम्रो उत्पादन हुने भएकाले फागुन दोस्रो हप्तासम्म बगैँचा व्यवस्थापन गरिसक्नुपर्ने बाध्यता कृषकलाई छ।

गाउँ–शहरमा चुनावी गतिविधि बढे पनि किसानहरू भने उम्मेदवारप्रति आशावादी छैनन्। “चुनावको लहर चले पनि यो केही दिनका लागि मात्र हो। वर्षभरि स्याउ खेतीबाटै जीवन चल्छ, चुनावले के दिन्छ? भोट पाएका नेताहरूले कृषकका पीडा र दुःख बुझ्दैनन्। यस्तो बेला चुनाव प्रचारमा हिँड्ने नेता भेट्नुभन्दा बगैँचामा काम गर्नु महत्त्वपूर्ण हुन्छ,” छायाँनाथ रारा नगरपालिका–७ की कृषक माया कुलालले भनिन्।

यतिबेला चुनावमा लाग्नुभन्दा खेतीमै लाग्नु राम्रो हुने कृषक प्यारीलाल साहनीको बुझाइ छ। यस वर्ष स्याउको उत्पादन निकै राम्रो हुन सक्ने अनुमान गरिएको कृषि विकास कार्यालय मुगुका प्रमुख गणेश अधिकारीले बताए। दानबहादुर बुढा/नेपाल न्यूज बैंक
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
