संखुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार बिहान ७ः३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

संखुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प
प्रतिकात्मक तस्वीर

काठमाडौँ– संखुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार बिहान ७ः३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले के कति असर पुर्‍यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन। 

यसअघि माघ २८ गते लमजुङको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ।