तुलसीपुरमा एमालेको झन्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य दुई जना भने फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दाङ– दाङको तुलसीपुरमा नेकपा (एमाले) को झन्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रनाउ) रेशम बोहराले जानकारी दिए।
प्रनाउ बोहराका अनुसार झन्डा जलाउने कार्यमा संलग्न तीन जनाको पहिचान भइसकेको छ। पक्राउ परेका बस्नेतबाहेक अन्य दुई जना भने फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घोराहीमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेता बालेन शाह आउने खबर पाएपछि तुलसीपुरको वीरेन्द्र चोकमा समर्थकहरू भेला भएका थिए। सोही क्रममा रास्वपाका कार्यकर्ताले बिहीबार राति एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको एमालेको दाबी छ।
आफ्नो चुनाव चिह्न जलाइएको घटनाप्रति नेकपा (एमाले) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कार्यको भर्त्सना गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी गरिएको र महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपा कार्यकर्ताले उच्छृङ्खल शैली अपनाएको विज्ञप्तिमा उल्लेख छ। शाहीले यसलाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भन्दै संलग्नलाई तत्काल कडा कानूनी कारबाही गर्न माग गरेका छन्। झन्डा जलाइएको विरोधमा एमालेले शुक्रबार अपराह्न ४ बजेतिर घोराहीमा प्रदर्शनसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
