रामेछापमा पसलमा सामान किनिरहेकी ५ वर्षीया बालिकाको बोलेरोको ठक्करबाट मृत्यु भएको छ।
रामेछाप– रामेछापमा बोलेरो गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बागमती प्रदेश ०३१ च ५०७५ नम्बरको बोलेरोले ठक्कर दिँदा रामेछाप नगरपालिका–६ च्यास्कुकी ५ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजनप्रसाद तिमिल्सिनाका अनुसार बालिका पसलमा सामान किनिरहेको अवस्थामा अनियन्त्रित बोलेरो सटरभित्रै छिरेको थियो। स्थानीयका अनुसार बोलेरो चालक गाडीमा नभएको मौका छोपेर अटो चालक तीर्थबहादुर तामाङले गाडी चलाउन खोज्दा उक्त दुर्घटना भएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिए। प्रहरीले सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
