AnonymousUser

Logout

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रका दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ।

नारायणघाट–बुटवल सडक खण्डमा राति सवारी चलाउन रोक

वर्षाका कारण दाउन्ने खण्डको सडक चिप्लो भई दुर्घटनाको जोखिम बढेपछि नारायणघाट–बुटवल सडकखण्डमा शुक्रबारदेखि रात्रिकालीन सवारी आवागमनमा आंशिक रोक लगाइएको छ।

ग्यास अभावको असर: घर फर्किँदै कामको खोजीमा भारत पुगेका नेपाली

पश्चिम एशिया क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि भारतमा इन्धन र खाना पकाउने ग्यासको वितरणमा कडाइ गरिएको त्यहाँबाट फर्किएका नेपालीको भनाइ छ।

मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा शुक्रबार छैटौँ पटक भारी हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ।

पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

वर्षासँगै भीमफेदीको गंगटेमा पहिरो खसेपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

मकवानपुरमा सबैभन्दा बढी वर्षा, प्रणाली उत्तरपूर्वतर्फ सर्दै

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ।

बम विस्फोट घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा जिल्ला अदालतअगाडि भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ।

बाजुरामा लगातार वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात

बाजुरामा शुक्रबार बिहानैदेखि भइरहेको लगातार वर्षा र उच्च हिमाली क्षेत्रको हिमपातले जनजीवन प्रभावित हुनुका साथै सडक र विद्युत् सेवा अवरुद्ध भएको छ।

चितवनमा हुरीले ४ करोड रुपैयाँभन्दा बढीको केरा नष्ट

किसानहरूका अनुसार उत्पादन लिने समयमा केराका बोट ढलेपछि अहिले बगान सफा गर्न मजदुर लगाउनुपर्ने अवस्था आएको छ।

कस्तो रहला आजको मौसम?

कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विदेशी खेलाडीले श्रम स्वीकृति लिएर मात्र खेल्न पाउने

अध्यागमन विभागले पर्यटक भिसामा आएका विदेशी खेलाडीलाई श्रम स्वीकृति नलिई फुटबल लिग खेलाएको भन्दै एन्फालाई त्यस्ता गतिविधि रोक्न र कानूनी प्रक्रिया पुर्‍याउन निर्देशन दिएको छ।

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित ३ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा चीनतर्फ लैजान लागिएको २८ हजार ९०० अमेरिकी डलरसहित प्रहरीले तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

सुनसरीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु

सुनसरीको रामधुनी–५ मा नम्बर नखुलेको पिकअप गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रतिनिधिसभा निर्वाचन: प्रतिमतदाता २८४ रुपैयाँ खर्च

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सर्वोच्चले माग्यो त्रुटि सच्याइएको टिप्पणी आदेश

सरकारी निकायका विवरण बाझिएपछि रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट टिप्पणी आदेशको प्रतिलिपि र सोसँग सम्बद्ध अन्य प्रमाण झिकाउन आदेश दिएको छ।

प्रतिनिधिसभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ।

शुक्रबार र शनिबार भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

शुक्रबार कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको आकलन गरिएको छ। साथै, तराई र पूर्वी पहाडी जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन गृह मन्त्रालयले आग्रह गरेको छ।

फिल्म निर्माणको नाममा भ्रष्टाचार, ढकारी गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

फिल्म निर्माणको बहानामा सरकारी बजेट दुरुपयोग गरेको अभियोगमा अख्तियारले अछामको ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

चाँदी खोलामा अवैध बालुवा उत्खनन गर्ने ८ ट्याक्टरसहित चालक नियन्त्रणमा

रौतहटको चाँदी खोलामा अवैध बालुवा उत्खनन गरिरहेका ८ ट्याक्टर र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

आजको मौसम: यी प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।