AnonymousUser

Logout

घट्यो बजारमा अलैँचीको भाउ, प्रतिमन ९२ हजारसम्ममा कारोबार

दशेँको संघारमा नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ। हाल अलैँची प्रतिमन (४० किलो) ८१ हजारदेखि ९२ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

दाउन्ने क्षेत्रमा पहिरो खस्दा बुटवल–नारायणगढ सडक अवरुद्ध

लगातारको वर्षाले गत बुधबार बिहानदेखि एकतर्फी भएको दाउन्ने खण्ड शुक्रबार दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

'जेनजी' आन्दोलनपछि भागेका ८ हजार ३७५ कैदीबन्दी अझै फरार

'जेनजी' आन्दोलनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट भागेका कैदीबन्दीमध्ये अझै ८ हजार ३७५ जना फरार रहेका छन्।

उपत्यकाका १७ वटै वृत्त ध्वस्त हुँदा ५० जना प्रहरीले जोगाएको एउटा वृत्त

काठमाडौँ उपत्यकाका १८ वटा प्रहरी वृत्तमध्ये अहिले मालीगाउँ मात्र सद्दे छ। तीन पटकसम्म आक्रमण र आगजनी प्रयास हुँदा जम्मा ५० जना प्रहरीले कसरी जोगाए कार्यालय, हातहतियार र थुनुवा?

‘जेनजी’ आन्दोलनमा जलेका सवारीसाधन सिंहदरबारबाट हटाइँदै

'जेनजी' प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनहरू हटाउन शुरू गरिएको छ।

जीर्ण आयोजनाको ठेक्का तोड्ने तयारी

सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी मरिण बहुउद्देश्यीय सिँचाइ आयोजना, भौतिक पूर्वाधारअन्तर्गत ३०० भन्दा बढी सडक र १०० भन्दा बढी पुल अलपत्र छन्।

टुँडिखेलमा संविधान दिवस [तस्वीरहरू]

टुँडिखेलमा विगतको जस्तो सांस्कृतिक झाँकीलगायत कार्यक्रम राखिएको थिएन। सुरक्षाकर्मीको टोलीले ब्यान्डलगायत प्रस्तुति भने गरेका थिए।

दमकल बोलाउन फोन बजिरहे, काठमाडौँ जलिरह्यो

भदौ २३ गते एम्बुलेन्समा भएको आगजनी नियन्त्रणमा लिन गएको दमकल तोडफोड भयो, २४ गते त आगै लगाइयो। ठाउँठाउँमा बाटो छेकियो। अनि, काठमाडौँ जलिरहँदा पनि दमकलको साइरन कतै सुनिएन।

संविधान दिवस मनाइँदै

नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।

साफ यू१७: नेपाल बांग्लादेशसँग पराजित

साफ यू१७ च्याम्पियनसिपमा नेपाल बांग्लादेशसँग ४-० गोल अन्तरले पराजित भएको छ।

सर्वोच्चको आदेश बोकेर ओझा प्राधिकरण पुगे, मन्त्रालयको पत्रले रोकिए

बीमा प्राधिकरण अध्यक्षबाट सरकारले बर्खास्त गरेको तीन हप्तापछि सर्वोच्चले शरद ओझाको पक्षमा अन्तरकालीन अन्तरिम आदेश दियो। तर प्रक्रियामा प्रश्न उठाउँदै अर्थ मन्त्रालयले कार्यभार सम्हाल्न रोकेको छ।

एमाले अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली बिहीबारदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा सरेका छन्।

परवानीपुर सबस्टेसनमा आगो लाग्दा विद्युत् आपूर्ति ठप्प

परवानीपुरस्थित ११ केभिए क्षमताको सबस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो।

प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र चिनियाँ राजदूत चेन सङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालैको 'जेनजी' आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। साथै, उनले नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को अवसरमा शुभकामना पनि दिएका छन्।

निर्वाचनका लागि कानून संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

गृहमन्त्री ओमप्रकाश अर्यालले सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे योजना बनाउन सुझाएपछि आयोगले त्यसका लागि कानूनका विज्ञसँग छलफल गरी सुझाव दिने तयारी गरेको छ।

सुनसरीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ घाइते

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २२ जनाभन्दा बढी घाइते भएका छन्।

कारागार फर्किएनन् भागेका ९ हजार कैदीबन्दी, थप सजायको हिसाब गर्दै विभाग

जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट शुरू भई देशभर बिस्तारित अराजकताबीच १४ हजार ५५ कैदीबन्दी भागे। तीमध्ये करिब ९ हजार फरार छन्, जसले समाजमा भय र असुरक्षा बढाएका छन्।

सिभिलका चिकित्सकको चिन्ता– ‘केही घाइतेको हातखुट्टा नजोगिने डर छ’

डा. सुमनबाबु मरहट्टाले २०७२ सालको भूकम्पमा लगातार १५ दिनसम्म शल्यक्रिया गरेका थिए, तर त्यसबेला छोटो अवधिमा धेरै जनाको गर्नु परेको थिएन। जस्तो यो पटक दुई दिनमै ५० जनाको शल्यक्रिया भयो।

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडी बीचबाटोमा रोकिएका छन्।