दार्चुलास्थित महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
काठमाडौँ– दार्चुलास्थित महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
महाकाली नदीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए। उनका अनुसार, सदरमुकाम खलंगामा डेरा गरी बस्दै आएका धामी महाकाली नगरपालिका–५, बसपार्क नजिकबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।
साथीहरूसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन्। उनीसँगै गएका अन्य दुई साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ। धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
त्यस्तै, कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। रास्कोट नगरपालिका–८, बाँखरकोटका ५० वर्षीय मन बरालको करेन्ट लागेर मृत्यु भएको हो।
डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका छन्। करेन्ट लागेको जानकारी पाएलगत्तै विद्युत् कार्यालयमा फोन गरी विद्युत् आपूर्ति बन्द गर्न अनुरोध गरेको स्थानीय कमलप्रसाद बरालले बताए।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय, रास्कोटको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
