सरकारले सुरक्षा संवेदनशीलताका कारण रोकिएका पश्चिम एसियाका सात देशमा पुनः श्रम स्वीकृति खोल्ने निर्णय गरे पनि इजरायल र इरानसहित ६ देशमा भने अझै स्थगनकै अवस्थामा राखेको छ।
काठमाडौँ– सरकारले पश्चिम एसियाका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति प्रदान गर्ने प्रक्रिया सुचारु गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै साउदी अरेबियासहित सात देशमा पुनः श्रम स्वीकृति दिने जानकारी दिएको हो।
यसअघि, पश्चिम एसियामा विकसित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले फागुन १७ गते ती देशहरूमा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति प्रदान गर्ने कार्य स्थगन गरेको थियो। परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको रायका आधारमा मन्त्रालयले साढे दुई हप्ताअघिको निर्णयलाई परिमार्जन गरेको हो।
मन्त्रालयका अनुसार सम्बन्धित देशमा रहेका नेपाली दूतावास, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र श्रम स्वीकृति नवीकरण गर्न नपाएर अप्ठ्यारोमा परेका श्रमिकहरूबाट निरन्तर माग आएकाले यो कदम चालिएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, केही विशिष्ट जोखिमयुक्त देशहरूबाहेक अन्यका हकमा यो व्यवस्था तत्काल लागू हुनेछ।
नयाँ निर्णयअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत रही बिदामा नेपाल आएका वा पुनः फर्कन चाहने श्रमिकहरूले अब श्रम स्वीकृति पाउनेछन्।
तर, इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानको हकमा भने पुनः श्रम स्वीकृति दिने कार्य अझै स्थगनकै अवस्थामा रहेको मन्त्रालयले प्रस्ट पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
