AnonymousUser

Logout

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५९ प्रतिशत मात्र मतदान भएपछि प्रयोगविहीन भएका करिब ४० प्रतिशत मतपत्रलाई कानूनी प्रक्रिया पुर्‍याएर धुल्याउने तयारी गरिएको छ।

रविको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय  निर्णयविरुद्धको रिटमाथि बहस नसकिएपछि बिहीबारका लागि पेसी तोकिएको छ।

ठगी आरोपमा ‘तेल भिसा’ फिल्म निर्माता शिवराज कार्की पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा करिब २५० जनालाई ठगी गरेको अभियोगमा ‘तेल भिसा’ चलचित्रका निर्माता शिवराज कार्कीलाई स्वयम्भूबाट नियन्त्रणमा लिएको छ।

पानी नीति र आपूर्ति प्रणाली महिलामैत्री बनाउन विज्ञको सुझाव

विश्व पानी दिवस २०२६ को अवसरमा आयोजित कार्यशालाका वक्ताहरूले नेपालको जल नीति र वितरण प्रणालीलाई महिलामैत्री बनाउन सके मात्र आर्थिक–सामाजिक समानता हासिल हुने धारणा राखेका छन्।

जाँचबुझ आयोगको प्रतिवेदन 

सशस्त्रका आईजीपीलाई ज्यान मुद्दा र भावी आईजीपीलाई विभागीय कारबाही सिफारिस

जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनमा सशस्त्र प्रहरीका आईजीपी अर्यालमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ मुलुकी अपराध संहिताको व्यवस्थाअनुसार कारबाही सिफारिस गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव

कांग्रेसका सभापति गगन थापाले आगामी भदौ मसान्तभित्र १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गर्दै पार्टीले पाँच वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन्।

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जेनजी मुभमेन्ट नेपालले कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे शीतल निवास घेराउ गर्ने चेतावनी दिँदै सरकारलाई १३ गतेसम्मको समयसीमा दिएको छ।

झापामा 'बर्ड फ्लु' देखिएपछि पक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापाको दमक र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा बर्ड फ्लु संक्रमण देखिएपछि प्रशासनले पक्षीजन्य सामग्रीको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको छ।

कस्तो रहला आजको मौसम?

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

शिकार खेल्न जाँदा बेपत्ता भएका युवकको २ सातापछि शव फेला

बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न जाने क्रममा दुई साताअघि बेपत्ता भएका सुर्खेतका एक युवकको शव निकुञ्जभित्रै फेला परेको छ।

सिरहामा मानव बेचबिखन र वेश्यावृत्तिमा संलग्न होटल सञ्चालकसहित ८ जना पक्राउ

सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा महिलाहरूलाई प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा तीन छुट्टाछुट्टै स्थानबाट होटल सञ्चालकसहित आठ जनालाई नियन्त्रणमा लिएको छ।

साढे ३ किलो गाँजासहित थाई नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

बैंककबाट काठमाडौँ आएका एक थाई नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे तीन किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट 'हेर्दाहर्दै'मा, मंगलबार पुनः सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा शुरू भएको सुनुवाइ नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहर्दै’मा राखिएको छ।

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

संघीय संसद् सिंहदरबारभित्रैबाट सञ्चालन गर्ने तयारीसँगै ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरूको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ।

अस्पतालको भवन अलपत्र पारेको भन्दै नगरपालिकाले नियन्त्रणमा लियो ठेकेदारको गाडी

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सम्झौता अवधि सकिँदा पनि १५ शय्याको आधारभूत अस्पताल भवन सम्पन्न नगरेको भन्दै निर्माण कम्पनीको गाडी नियन्त्रणमा लिएको छ।

सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन

रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा २ करोड रुपैयाँको लागतमा निर्मित प्रसूति केन्द्रको भवन प्रयोगमा नआउँदै पहिरोका कारण क्षतिग्रस्त भएको छ।

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

पहाडी र हिमाली भूभागका केही स्थानहरूमा वर्षाको सम्भावना

देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन वा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

कांग्रेसद्वारा सभापति थापाको राजीनामा अस्वीकृत

चुनावी परिणामको जिम्मेवारी लिँदै सभापति गगन थापाले दिएको राजीनामालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गर्ने निर्णय गरेको छ।

३० हजार किलोमिटर यात्रा गर्ने 'हड्सनियन गोडविट' लोप हुने संघारमा

विश्वकै लामो दुरीको यात्रा गर्ने चरामध्येको एक 'हड्सनियन गोडविट'को संख्या जलवायु परिवर्तन र वासस्थान विनाशका कारण विगत ४० वर्षमा ९५ प्रतिशतले घटेपछि यसलाई अन्तर्राष्ट्रिय संरक्षणको सूचीमा राखिएको छ।