आजको मौसम: यी प्रदेशमा वर्षाको सम्भावना

कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको भइरहेको छ।

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।  कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने  तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।